Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

शिक्षा क्षेत्रमा एक वर्षभित्र नयाँ परिवर्तन : मेयर मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १०, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
शिक्षा क्षेत्रमा एक वर्षभित्र नयाँ परिवर्तन : मेयर मेहता
84
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले इनरुवा क्षेत्रमा शैक्षिक क्षेत्रको नयाँ परिवर्तन अनुभूत हुने गरी काम थालेको बताएका छन् ।

शनिबार इनरुवामा स्थानीय विद्यार्थीहरुको मेयरसँग अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रमुख मेहताले विज्ञानशास्त्रमा कक्षा १२ सम्म पठनपाठनका लागि आफू प्रयासरत रहेको बताएका हुन् ।

इनरुवा नगर क्षेत्रमा विद्यार्थी ओसार्नका लागि इनरुवा बाहिरका २२ वटा बस आइरहेको तथ्यलाई मध्यनजर गरी इनरुवामै विज्ञानशास्त्रको पठनपाठनका लागि अगामी शैक्षिक सत्रबाट पढाइ हुने गरी कक्षा सञ्चालनको तयारीमा रहेको बताएका छन् ।

प्रमुख मेहताले इनरुवाका विद्यार्थीहरु नजिकै विज्ञान र प्राविधिक क्याम्पसहरु नहुँदा धरान, इटहरी, विराटनगर र काठमाडौँ जान बाध्य भएकाले उनीहरुलाई आफ्नै घरमा खाएर उच्च शिक्षा लिनका लागि सहज हुने गरी शिक्षामा परिर्वतनको प्रयासमा लागेको बताए ।

विद्यार्थीहरुसँग पहिलो पटक साक्षात्कार भएका प्रमुख मेहताले विद्यार्थीहरुको समस्या, सवाल, चाहना र आवश्यकतालाई बुझ्नका लागि आफूले अन्तर्क्रिया कार्यक्रम राखेको बताउँदै शैक्षिक क्षेत्रमा केही परिर्वतन भए पनि चाहेजस्तो नभएकाले त्यसमा निरन्तर लागिपरेको दावी गरे । विद्यार्थीहरुका प्रश्नका जवाफ दिँदै मेहताले विज्ञानशास्त्रमा विद्यार्थीमैत्री पठनपाठन र वातावरणका लागि आफू लागिपरेको बताए ।

उनले आफ्नो कार्यकालमा धेरै काम गर्ने सोच राखेको भए पनि सीमित स्रोतसाधनका बीच काम गर्नुपर्दा केही समस्या रहेको सुनाउँदै आफूले सकेजति काम गर्ने प्रतिबद्धता जनाए । अबको क्याम्पस प्रविधियुक्त, विज्ञान प्रयोगशालाले भरिपूर्ण, आधुनिक पोशाक र विद्यार्थीमैत्री, भौतिक पूर्वाधारसमेत हुनुपर्ने भएकाले आफू त्यसका लागि क्रियाशील भएर लागेको सुनाए ।

उनले विद्यार्थीहरुको खेलकुदप्रतिको प्रश्नमाथि जवाफ दिँदै देशभरि खेलकुदको माध्यमबाट इनरुवाको पहिचान स्थापित गराएको दाबी गरेँ । विद्यार्थी विराट आचार्यले खेलकुदको आयोजना भए पनि खेलाडी उत्पादन किन नभएको ? खेलाडीलाई खेलकुद सामग्री किन नदिएकोेलगायतका प्रश्न राखेकोमा नगर प्रमुख मेहताले पहिचानका लागि खेलकुदले योगदान गरेको र खेलाडी उत्पादन गर्ने कामसमेत नगरपालिकाले गर्न लागेको जवाफ दिए ।

विद्यार्थी क्षितिजा निरौलाले इनरुवा–६ मा भएको विकास निर्माण काममा गुणस्तरहीन सामग्री प्रयोग भएको र निर्माण भएको छ महिना नपुग्दै भत्किएको प्रश्न राखेकोमा प्रमुख मेहताले त्यसको अनुगमन आजको भोलि नै गर्ने र बिग्रिएको पाइए निर्माण कम्पनीलाई नै मर्मत वा पुनःनिर्माण गर्न लगाउने प्रतिबद्धता जनाए ।

मेहताले इनरुवा–६ मधेसा क्षेत्रमा संघीय प्रदेशसहित ८० करोडको योजना रहेकाले सबैको निगरानी जरुरी रहेको बताए । विद्यार्थीले निःशुल्क शिक्षाका लागि पहल गर्नुपर्ने र छात्रवृत्तिमा सहयोग हुनुपर्ने सुझाव राखेकोमा प्रमुख मेहताले आफू इनरुवाको विद्यार्थी अध्ययनरत रहेको इनरुवा बाहिरका सबै क्याम्पससँग समन्वय, छलफल र प्रस्तावको तयारीमा रहेको बताउँदै प्रत्येक क्याम्पसलाई कम्तिमा दुईजना इनरुवाको विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउनुपर्ने प्रस्ताव राख्ने बताए ।

प्रमुख मेहताले नगरपालिका आफैँले सबैलाई शिक्षा दिन नसके पनि समन्वय भने गर्ने प्रतिबद्धता जनाए । उनले संघीय सरकारको शिक्षा कार्यविधि र नीति आएसँगै नगरपालिकाले समेत आफ्नो शिक्षा नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।

मेहताले आफूहरुको शिक्षा नीतिमा कक्षा–३ सम्म झोला र किताबविहीन पठनपाठनको तयारी गरेको सुनाए । कार्यक्रममा किशोर मेहता, दीपिका निरौला, सतिक्षा खड्कालगायतले प्रश्न गरेका थिए ।

कार्यक्रम इनरुवा इभेन्ट म्यानेजमेन्टको संयोजनमा भएको थियो भने सञ्चालन युवा अभियान्ता धीरज भट्टराईले गरेका थिए । कार्यक्रममा नगर क्षेत्रका विभिन्न तहमा अध्ययनरत दुई सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

                      

Tags: अन्तर्क्रिया कार्यक्रमइनरुवा नगरपालिकानयाँ परिवर्तनमेयर राजन मेहताविद्यार्थीहरुको मेयरसँग अन्तर्क्रियाशिक्षा क्षेत्र
Share34Tweet21SendScan
Previous Post

भारतिय महिला सहित चार जना पक्राउ

Next Post

कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो

कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In