Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कोसीमा मोबाइल स्वास्थ्य कार्यक्रम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १७, २०७७
in समाचार, स्थानीय समाचार
कोसीमा मोबाइल स्वास्थ्य कार्यक्रम
61
SHARES
Share on FacebookShare on Twitter

लौकही । सुनसरीको कोसी गाउँपालिकामा मोबाइल स्वास्थ्य कार्यक्रम सुरु भएको छ । अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत मोबाइल स्वास्थ्य कार्यक्रम अपांगता न्यूनीकरण गर्ने उद्देश्यले सुरुवात गरिएको बताइएको छ । पहिलो चरणमा कोसी गाउँपालिका क्षेत्रका स्वास्थ्यकर्मीहरु मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी तालिम दिदै उक्त कार्यक्रम सुरुवात गरिएको फोकल पर्सन राजकिशोर मेहताले जानकारी दिए ।

मातृ तथा बाल स्वास्थ्य समन्वयका लागि कोसी गाउँपालिका क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई तीन दिने मोबाइल स्वास्थ्य तालिम दिइएको उनले बताए । कोसी गाउँपालिकाको आयोजना तथा करुणा फाउन्डेसन नेपालको सहकार्य र प्रदेश सरकारको समन्वयमा आयोजना गरिएको मोबाइल स्वास्थ्यसम्बन्धी प्रशिक्षकलाई प्रशिक्षण तालिममा १८ जनाको सहभागिता रहेको थियो ।

कोसी गाउँपालिकामा रहेका आठवटै वडाका स्वास्थ्य चौकी प्रमुखहरु, आठजना अनमी, स्वास्थ्य शाखा प्रमुख र फोकल पर्सन गरी सहभागीहरुलाई करुणा फाउन्डेसन र प्रदेश कार्यालयबाट आएका सहजकर्ताहरुले मोबाइल स्वास्थ्यसम्बन्धी तालिम दिएका थिए ।

सहभागीहरूलाई करुणा फाउन्डेसन नेपालका केन्द्रीय प्रोग्राम म्यानेजर रश्मी पौड्याल, प्रदेश कार्यालयका सिनियर प्रोग्राम अफिसर मजबुल आलम, मेडिक मोबाइल कम्पनीका म्यानेजर जगरनाथ बिष्ट, प्रदेश कार्यालयका प्रोग्राम अफिसर सगुन गुरुङलगायतले प्रशिक्षण दिएका थिए ।

अपंगता रोकथाम गर्न महिला गर्भवती भएको अवस्थादेखि नै ध्यान दिनुपर्ने भएकाले सुरुवाती चरणमा स्वास्थ्यकर्मीहरुलाई मोबाइल तालिम दिएको फोकल पर्सन मेहताको भनाइ छ । उक्त तालिमपश्चात् आठवटै स्वास्थ्य चौकीका अनमीलाई मोबाइल वितरण गरिएको र एक हप्ताभित्र ८० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि वितरण गरिने उनले बताए ।

तालिममा सहभागी भएका अनमीहरुलाई कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले मोबाइल वितरण गरेका थिए । महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइलबाट म्यासेज गर्दै महिला गर्भवती भएको बारेमा जानकारी गराउनुका साथै उनीहरूका अवस्थाका बारेमा समय समयमा जानकारी गराउनेछन् ।

यदि कुनै महिला गर्भवती हुँदादेखि सुत्केरी भएसम्म कुनै प्रकारका समस्या भएको अवस्थामा गाउँपालिकाले उपचार गर्नेछ । अपांगता रोकथाम गर्न मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने बताउँदै गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले अबदेखि गाउँपालिकालाई गर्भवती र सुत्केरीको तथ्यांक संकलन गर्दै सेवा प्रदान गर्न थप सहज हुने बताए ।

Tags: कोसी गाउँपालिकाकोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीजिल्ला प्रहरी कार्यालय सुनसरीमोबाइल स्वास्थ्य कार्यक्रमलौकही
Share24Tweet15SendScan
Previous Post

रेडक्रस सुनसरीद्वारा इनरुवामा पुनर्ताजगी

Next Post

भिरबाट लडेर एकको मृत्यु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भिरबाट लडेर एकको मृत्यु

भिरबाट लडेर एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In