Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

रेडक्रस सुनसरीद्वारा इनरुवामा पुनर्ताजगी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १७, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
शिविरमा दुई सय १० जनाले सेवा पाए
80
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । विपद व्यवस्थापनका निमित्त जिम्मेवार निकायहरुको अवस्था यकिन गर्न रेडक्रस सुनसरीले शनिबार इनरुवामा आयोजना गरेको पुनर्ताजगी अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।


जिल्लाभित्र हुने विपदका घडीमा आकस्मिक सुविधा र सहयोग दिने सरकारी तथा गैरसरकारी निकायलाई जिम्मेवारी सम्झाउने उद्देश्यले आयोजित उक्त कार्यक्रम सुनसरीको इनरुवा–४ स्थित स्र्वद्वारीघाटमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।

जिल्ला विपद व्यवस्थापन समिति सुनसरीको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोग र इनरुवा नगरपालिकाको समन्वयमा उक्त कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल

इनरुवा–४ स्थित रहेको सुनसरी खोला नजिककैको क्षेत्रमा विपद व्यवस्थापनसँग सम्बन्धित सरकारका सरोकारवाला निकायका पात्रहरुले कृत्रिम घटनामा अभ्यास गरेका थिए । विपद आएको बेला के कसरी गर्ने रु भन्ने बारेमा अभ्यास गरी सर्वसाधारणहरुलाई कार्यक्रममार्फत् सन्देश दिइएको थियो ।

विपद आएपछि कसरी सावधानी अपनाउने, कसलाई सूचना दिनेलगायत बारेमा कृत्रिम अभ्यासको क्रममा जनतालाई जानकारी हुने गरी नाटकका रुपमा घटनालाई मञ्चनसमेत गरिएको थियो ।

सुनसरी जिल्लामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका लागि शनिबार कृत्रिम घटना अभ्यास गरी सर्वसाधारणसहित सरोकारवालाहरुलाई जानकारीका उद्धेश्यका निमित्त सो कार्यक्रम आयोजना गरिएको थियो ।

आगलागी तथा बाढीपीडितलाई कसरी उद्दार गर्ने भन्नेबारे अभ्यासलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले कार्यक्रममा आफ्नो जिम्मेवारी निर्वाह गर्दै गर्नुपर्ने भूमिकालाई दर्शाएका थिए ।

शनिबार आयोजित सो कार्यक्रममा सिर्जित घटना काल्पनिक भए पनि अधिकांशले त्यसलाई वास्तविक भनी अत्तालिएका थिए । तर जिल्ला विपद व्यवस्थापन समितिले बाढी विपद सम्बन्धमा कृत्रिम घटना अभ्यास गरेको थियो ।

बाढीमा फसेका व्यक्तिलाई कसरी उद्दार गर्ने भन्ने अभ्यास त्यहाँ गरिएको थियो । सुनसरी खोलामा बाढी आउँदा पहिला डुब्ने गाउँ नै रेडक्रस गाउँ भएकाले केहीले कृत्रिम घटना अभ्यासलाई वास्तविक रुपमा बुझेका थिए ।

शनिबार आयोजित सो कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुुख राजन मेहता, कोसी गाउँपालिकाका प्रमुख ऐयुब अन्सारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक कमल थापा, सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष उमेश थापा, जिल्ला रेडक्रसका सहकोषाध्यक्ष विष्णु मण्डल, भोक्राहाका रेडक्रस सभापति युवराज दाहाल, इनरुवाकी उपप्रमुख जमुना गौतम पोखरेल, रामधुनीका प्रमुख जयप्रकाश चौधरी, हरिनगरका अध्यक्ष गफार अन्सारीसहितको उपस्थितिमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डुबानमा परेकालाई उद्दार गर्नेबारेमा कृत्रिम घटना अभ्यास गरेका थिए ।

जिल्लाको सदरमुकामसहित सुनसरी खोलाको तटीय क्षेत्रमा पर्ने भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकासम्म डुबानको जोखिममा पर्ने गर्दछ । हरेक वर्ष सो क्षेत्रमा आउने बाढीका कारण उक्त क्षेत्रमा जनजीवन अस्तव्यस्त बन्ने गरेको छ । यो वर्ष भने सो क्षेत्रमा डुवान आएको छैन ।

यद्यपि, जिल्ला विपत व्यवस्थापन समितिले उद्दार टोली तयारी अवस्थामा राखेको र अभ्यासले थप उर्जा मिल्ने विश्वासका साथ कृत्रिम अभ्यास गरेको जनाएको छ ।
इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख मेहताले विपदकै कारण इनरुवा क्षेत्रमा कसैलाई समस्या हुन नदिन इनरुवा नगरपालिका गम्भीर भएर लागेको बताउँदै उनले इनरुवावासीको समस्या इनरुवा नगरको समस्या रहेको बताए ।

उनले नगरवासीको समस्या समाधान गर्न आफूहरु हरेकपल क्रियाशील रहेकाले यस क्षेत्रमा हुने जनतासँग सम्वन्धित सम्पूर्ण समस्या समाधानका निम्ति इनरुवा नगरपालिका तयार रहेको उद्घोष गरे । भिडीयो :

 

Tags: आगलागी तथा बाढीपीडितइनरुवाकार्यक्रमरेडक्रस सुनसरीविपद व्यवस्थापन
Share32Tweet20SendScan
Previous Post

चक्रघट्टी जेसीजमा भट्टराई

Next Post

कोसीमा मोबाइल स्वास्थ्य कार्यक्रम

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कोसीमा मोबाइल स्वास्थ्य कार्यक्रम

कोसीमा मोबाइल स्वास्थ्य कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In