खोटाङ । खोटाङ दिप्रुङचुईचुम्मा-३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसले किच्दा मृत्यु भएको छ ।
आज विहान सवा-८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बस र बस चालक सुनसरी बराहाक्षेत्र-४ का ३५ बर्षीय दल बहादुर पौडेल नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।