Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

संसद् पुनःस्थापना हुन्छ : कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १९, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
संसद् पुनःस्थापना हुन्छ : कोइराला
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा।शेखर कोइरालाले संसद् पुनःस्थापना हुने बताएका छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद् विघटनलाई नेपाली कांग्रेसले अलोकतान्त्रिक कदम चालेको भन्दै जसरी भए पनि संसद् पुनःस्थापना हुने बताएका हुन् ।

सुनसरीको इटहरीमा नेपाली कांग्रेसका सबै भातृ संगठनद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा। कोइरालाले जनता अलमलमा परेकाले नेपाली कांग्रेसले संसद् पुनःस्थापना गरेर नै छाड्ने दाबी गरेका छन् ।

वर्तमान सरकार सर्वसत्तावाद, भ्रष्टाचारमा लिप्त भएको हुँदा केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक, गैरराजनीतिक, गैरजिम्मेवार र अलोकतान्त्रिक भएकाले संसद् पनःस्थपनाको विकल्प नरहेको कोइरालाले बताए ।

‘संसद् पुनःस्थपना हुन्छ–हुन्छ–हुन्छ,’ उनले भने, ‘संविधानमा संसद् विघटन गर्ने अधिकार केपी शर्मा ओलीको छैन, त्यसैले संविधानको रक्षाको लागि भए पनि संसद् पुनःस्थापना गर्न नेपाली कांग्रेस लागिपरेको बताए ।

‘जनता अलमलमा परेका छन्,’ उनले भने, ‘संविधान विपरित कार्य भएको छ, त्यसैले संसद् पुनःस्थापना गर्न नेपाली कांग्रेसले भूमिका खेल्छ ।’ देश अत्यन्त अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकाले देश द्वन्द्वतर्फ जान्छ कि भन्ने शंका लागिरहेको उनले बताए ।

वर्तमान सरकारले देशलाई द्वन्द्व लागिरहेकाले नेपाली कांग्रेस समयमा सजग र सचेत भएर नेपाली जनतामाझ वर्तमान एजेण्डा प्रष्ट तरिकाले लगेर जागरुक बनाउनका लागि नेपाली कांग्रेसका सबै भातृ संगठनका नेता कार्यकर्ताहरुमार्फत अग्रसर गराउन खोजेको उनले बताए ।

‘केपी शर्मा ओली नेतृत्व सरकारले साइबर क्राइम मुद्धा लगाएर जनतालाई धम्काउन, डराउने गरेको छ,’ उनले भने, ‘यो सरकार कमजोर भएको छ, किसानमारा सरकार हो ।’ किसानको हकहितका लागि केही नगरेको र काठमाण्डौंमा एक किसानको मृत्यु भएकाले सरकार किसानमारा सरकार भएको संज्ञा उनले दिए ।

‘संसद् पुनःस्थापनाले नै संविधानलाई सच्याउन सकिन्छ,’ उनले भने, ‘ट्रयाकभन्दा बाहिर भएको संविधानलाई ट्रयाकमा ल्याउन पुनःस्थपानाले नै गर्छ ।’ नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट नडराएको स्पष्ट पार्दै कोइरालाले निर्वाचन नै लोकतन्त्रको पद्धति भएकाले निर्वाचनबाट नभाग्ने र नडराउने बताए ।

नेपाली कांग्रेसका सभापति एवं १ नम्बर प्रदेशका प्रतिपक्षी दलका नेता राजीव कोइरालाले नेपाली कांग्रेसले आन्दोलनलाई सशक्त बनाएर लैजानु पर्ने बताएका छन् । विरोधसभाका विशिष्ट अतिथिसमेत रहेको कोइरालाले जनतालाई अलमलमा नपर्न अनुरोध गर्दै असंवैधानिक र अलोकातन्त्रिक कदमविरुद्ध नेपाली कांग्रेस लागिपरेको बताए ।

संविधानको कुनै पनि धाराले वर्तमान प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएकाले नेपाली कांग्रेस संविधानको रक्षाका निम्ति संसद् पुनःस्थापना नै आवश्यक रहेको उनले औंल्याए । नेपाली कांग्रेसले बाटो खोज्नुपर्ने उनले बताउँदै अगामी दिनमा जसरी नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको थियो, त्यससलाई अनुकरण गरेर अगाडि बढ्नुपर्ने सुनसरीका सभापति कोइरालाको भनाइ रहेको छ ।

त्यसैगरी निवर्तमान सांसद सीताराम मेहताले संसद् विघटनको विषय सर्वोच्च अदालतमा मुद्धा चलिरहेको अवस्थामा नेपाली कांग्रेसले सर्वोच्च अदालतको निर्णयपछि ठोस निर्णय लिने बताएका छन् । वर्तमान सरकारले चालेको कदमविरुद्ध नेपाली कांग्रेसले विरोधसभामार्फत् विरोध जनाइरहेको हुँदा सर्वसत्तावाद र भ्रष्टाचारमा लिप्त भएको सरकारलाई कुनै पनि हालतमा समर्थन गर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेताहरुले संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध खुलेर लाग्नुपर्ने जिकिर गर्दै संसद् पुनःस्थापना हुनुपर्नेमा बताए । नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद ताहिर अन्सारी, ज्योति सुब्बा, पार्टी सचिव केदार भण्डारी, कोषाध्यक्ष पंकज महतो, हरिनगर गापा अध्यक्ष गफार अन्सारी मियाँ, महिला नेतृ विजया कटुवाल लगायतको सहभागिता रहेको थियो ।

Share19Tweet12SendScan
Previous Post

कक्षा १२ को नतिजा सार्वजनिक (नतिजा हेर्नका लागि लिङ्क सहित)

Next Post

एक सय बालबालिकालाई स्टेशनरी सामग्री

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
एक सय बालबालिकालाई स्टेशनरी सामग्री

एक सय बालबालिकालाई स्टेशनरी सामग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In