इनरुवा । इनरुवा नगरपालिकाको रेडक्रस अधारभूत विद्यालय र ज्ञानोदय अधारभूत विद्यालयका एक सयभन्दा बढी बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । इनरुवा–२ निवासी शिव यादवको जन्मदिनको अवसरमा एक सय बालबालिकालाई स्टेशनरी वितरण गरिएको हो ।
धर्मराज कपी उद्योग इनरुवा–२ का संचालक तथा फूलबारी क्रिकेट क्लबका अध्यक्षसमेत रहेका यादवले समय समयमा सामाजिक कार्यमा भूमिका खेल्दै आएका छन् । फूलबारी क्रिकेट क्लबले समय समयमा इनरुवाको पहिचानका लागि खेलकुदको आयोजना समेत गर्ने गरेको छ ।
शिव यादव लगनशिल र साहसी युवाको रुपमा समाजमा स्थापित भएको छ । विगत वर्षमा पनि यादवले जन्म दिनको अवसर पारेर बिभिन्न लोक कल्याणकारी कार्य गर्दै आएका छन् । द्धोय विद्यालयका गरीब तथा विपन्न बालबालिकालाई शिक्षामा पुहँच पु¥याउनका लागि स्टेश्नरी सामग्री वितरण गरिएको यादवले बताएका छन् ।
एक सय बालबालिकालाई कापी, कलम र इरेजर वितरण गरेका हुन् । एक सय बालबालिकालाई नेपाली कांग्रेस इनरुवा नगरकार्य समितिका सचिव धिरज भट्टराई, इनरुवा जेसीजका पूर्व अध्यक्ष जितेन्द्र यादव, शिव यादव र कुनाल साह लगायतकाले स्टेश्नरी सामग्री वितरण गरेका हुन् ।
त्यसै गरी शिव यादवका बुवा इनरुवा–२ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादव (श्रवण) को वैवाहिक वर्षको अवसरमा इनरुवा जुनियर जेसीजको संयोजकत्वमा सोमवार एक सय बालबालिकालाई स्टेश्नरी सामग्री वितरण गरिएको छ ।
बालबालिकाहरुले जाडोको समयमा पनि शिव यादवले शिक्षाको पहुँच र विद्यालय जानका लागि प्रोत्साहन गरेकोमा रेडक्रस र ज्ञानोदय विद्यालयका शिक्षकहरुले धन्यवाद दिएका छन भने बालबालिकाहरुले सामग्री लिएर खुशी ब्यक्त गरेका छन् ।