धरान : सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका १३ बाट सोमवार दिउँसो स्थानीय २७ वर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन् ।
यसै गरी उदयपुरको त्रियुगा नगरपालिका ११ बाट हिजो साँझ नियन्त्रित लागुऔषध सहित तिन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ वर्षीय रविन राई, २६ वर्षीय प्रभात राई र १९ वर्षीय सन्देश राउतलाई डाइजेल्याव १३ एम्पुल, नर्फिन १४ एम्पुल र फेनेरगन ९ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।