इनरुवा । नेपाल प्रेस युनियन सुनसरीको सचिव निशान चौधरीले सुनसरीमा पहिलो पटक ‘थारु पत्रकारिता पुरस्कार’ स्थापना गरेका छन् ।
झुम्का एफएमका प्रवन्धक तथा निर्देशकसमेत रहेका चौधरीले सुनसरी जिल्लामा पहिलो पटक थारु पत्रकारिता पुरस्कारका लागि पाँच हजार रुपैयाँ छुट्याएका हुन् ।
चौधरीले आफ्नो जन्मदिनको अवसरमा थारु पत्रकारिता पुरस्कार स्थापना गरेको घोषणा गरेका छन् । पत्रकारिता क्षेत्रमा काम गर्दै आएका थारु समुदायका पत्रकारहरुको हौसलाका लागि उनले पाँच हजार रुपैयाँ पुरस्कार दिने बताए ।
झुम्का एफएममा जन्मदिन मनाउँदै चौधरीले आफूले थारु समुदायमा पत्रकारहरुलाई प्रोत्साहन र हौसला बढाउनका लागि सुनसरीमा पहिलो पटक पुरस्कार स्थापना गरेको प्रयासलाई निरन्तरता दिँदै अगाडि बढ्ने बताए ।
‘थारु पत्रकारिता पुरस्कारा’ को स्थापनालाई जन्मदिनको अवसरमा आफूबाट सुरुवात गरेकोले अगामि दिनमा यस अभियानलाई जारी राख्नेसमेत उनले बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरीका अध्यक्ष धीरेन्द्र चौधरी र पत्रकार नवीन चौधरीलाई साक्षी राखी रकम जिम्मा लगाएको चौधरीले बताएका छन् ।