सुबिन विश्वकर्मा
बराहक्षेत्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व आपूर्तिमन्त्री मीन विश्वकर्माले आफू कोरोनाभाइरसबाट संक्रमित भएपश्चात् नयाँ जीवन पाएको र यसलाई पार्टी र देश तथा देशका निम्ति खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । `कोभिड १९ ले थला परेको बेला धेरैले मेरो लागि भाकल गर्नुभएछ, धेरैले पुजा गर्नुभएछ, सबैप्रती आभारी छु ।
´ स्कुल अफ डेमोक्रेसी सुनसरीको पदस्थापना कार्यक्रममा बोल्दै उनले भनेका छन्, `अब रहेकोे बाकी जीवन पार्टी र देशबासीका निम्ति खर्च गर्न चाहान्छु ।´ आफूलाई कोभिड १९ को संक्रमणछि नेता विश्वकर्मा ३६ दिन अस्पतालमा बसेका थिए । आइतबार पहिलोपटक सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदै उनले देशको बर्तमान राजनीतिको समेत चर्चा गरेका छन् ।
विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिधादेबी भण्डारी आफैमा अबैधानिक भएको बताए । केपि ओलि २०७४ फाल्गुन ३ गते प्रधानमन्त्री बने, त्यसपछि फाल्गुन २० गते प्रतिनिधिसभा सदस्य बनेका हुन् । जुन नेपालको संबिधानानुसार प्रधानमन्त्री ओली असंवैधानिक प्रधानमन्त्री हुन् ।
संविधान विपरीत चैत महिनाको २५ गते संसदीय दलको नेता बनेका ओलीलाई अबैधानिक प्रधानमन्त्रीका रूपमा चित्रण गरेका हुन् । त्यस्तै, राष्ट्रपति बिधादेबी भण्डारीले अपदस्थ भएका प्रधानन्यायाधीश गोपाल पराजुलीसँग सपथ लिएकाले राष्ट्रपति पनि अबैधानिक भएको उनको स्पष्टोक्ती छ । सबैकुरा असंवैधानिक र अबैधानिक भएकाले संसद विघटन भएको हो, त्यसैले कांग्रेस सडकमा छ ।
उनले भनें “स्कुल अफ डेमोक्रेसी नेपालका संस्थापक अध्यक्षसमेत रहेका विश्वकर्माले सुनसरीमा उमेर खाकालाई बिदा र उमेर भाकालाई संस्थाको जिम्मेवारी दिएको बताए ।” उनले भने, नेपाली कांग्रेसका दुई नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले सँगै बसेर कफी पिउने वातावरण भएन भने स्कुल अफ डेमोक्रेसीले सँगै बसेर कफी पिलाउने छ ।
कांग्रेसका सह महामन्त्री सुनिल बहादुर थापाको प्रमुख आतिथ्य तथा स्कुल अफ डेमोक्रेसी प्रदेश १ का अध्यक्ष विशाल श्रेष्ठको सभाध्यक्षतामा सुनसरीको पदस्थापना सम्पन्न भएको छ । विश्वका ३२ देश र नेपालका ७७ जिल्लामा फैलिएको स्कुल अफ डेमोक्रेसी सुनसरीमा दोजी शेर्पाको अध्यक्षतामा २२ सदस्यीय समिती गठन भएको थियो ।
यसैबीच उपाध्यक्षमा तेजबहादुर पुरी(सन्तोष) सहित बराहक्षेत्रबाट पाँच सदस्य कार्यसमितिमा रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । समितिको सचिव लघु सुवेदी, सहसचिव सौगदार र कोषाध्यक्ष निरु गुरुङ रहेका छन् ।
आज धरानमा भएको पदस्थापना समारोहमा स्कुल अफ डेमोक्रेसीका पुर्व अध्यक्ष तथा नेबिसंघ पुर्व सभापति नैनसिंह महारा, पुर्व केन्द्रिय सदस्य मिना सुब्बा विशिष्ट अतिथी तथा कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्बत राई, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, नेबिसंघ बराहक्षेत्र सभापति प्रतीक राई लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।