तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका-३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु आफ्नै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन् । आज बिहान ११ बजेको समयमा लिम्बुले घरायशी बादबिबादको कारण आफ्नै श्रीमती ४७ बर्षीया मईतरानी लिम्बुलाई बन्चरोले प्रहार गरी हत्या गरेको भन्ने सुचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।