Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

संसदमा मात्र होइन् संविधानमा पनि आगो लगाइयो : पहाडी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २६, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
संसदमा मात्र होइन् संविधानमा पनि आगो लगाइयो : पहाडी
68
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । मानव अधिकारवादी नेता कृष्ण पहाडीले वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले संस्द विघटनसँगै संविधानमा आगो लगाएको आरोप लगाएका छन् । सुनसरीको इनरुवामा आयोजित मधेसी नागरिक समाजको अन्तक्र्रियालाई सम्बोधन गर्दै पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसँगै संविधान र आफ्नै दलमा आगो लगाएको आरोप लगाएका छन् ।

नेपालमा जनताले दाहसंस्कार गरिसकेका राजावादीहरुसमेत केपी शर्मा ओलीको कदमले सलबलाउन थालेको उनले बताए । ‘जनताको अधिकारहरु जोखिममा परेका छन्,’ उनले भने, ‘केपी शर्माले संविधानमा आगो लगाए ।

चोरले पनि तीन घर छाडेर चोरी गर्छन् तर केपी शर्मा ओली अल्पमतमा परेर आफ्नै दलमा आगो लगाए, संसद्मा आगो लगाए र संविधानमा आगो लगाएर देशलाई अस्तव्यस्त बनाए ।’

‘देशमा चरम निराशामा छन्,’ उनले भने, ‘दलहरुप्रति नागरिक खुसी छैनन् । कुशासनका कारण नागरिक खुसी छैनन् ।’ नेपाल कम्युनिस्ट पार्टीमा लेनदेनका कारण विवाद उत्पन्न भएको उनले बताए । ‘नेपाली जनता नजिक भएर सबैलाई नियालेर हेरिरहेका छन्,’ उनले बताए । वर्तमान प्रधानमन्त्री ओलीले बोलेको कुनै ठेगान नभएको पहाडीले जिकिरसमेत गरे ।

संसद् विघटन गरेपछि सबै संयन्त्रहरु प्रधानमन्त्री ओलीले आफ्नो कब्जामा लिएकाले देश कुनै बेला पनि ठूलो दुर्घटना हुन सक्ने संकेत गर्दै ओलीको बोलीमाथि भरोसा नभएको पहाडीको कथन छ । प्रधानमन्त्रीले जसरी संस्द विघटन गरे त्यसैरी नै आफ्नो शासन लागू गरेर चुनाव गराएर अराजकता ल्याउन खोजेकोसमेत उनले आरोप लगाए ।

विभिन्न समयमा ओलीले विवादास्पद अभिव्यक्ति व्यक्त गरेर देशमा द्वन्द्व निम्ताउन खोजेको हुनाले उनको वचनको कुनै टुङ्गो नहुनेसमेत नेता पहाडीको भनाइ छ । अन्तक्र्रिया कार्यक्रममा पहाडीले वर्तमान प्रधानमन्त्रीले गरेको कार्यहरुको विरोध मात्रै गरेका छन् । संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नागरिक समाज एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति एवं १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले संसद् विघटनविरुद्ध नागरिक समाजले गाउँकेन्द्रित हुँदैै जिल्लामा अग्रसर हुनुपर्ने बताए । देशमा परिवर्तन ल्याउनेहरुले नै संसद् विघटन गरेको आरोपसमेत उनले लगाए । संसद् विघटनविरुद्ध जनतालाई अन्दोलनमा होमिन उनले आग्रह गरे ।

निवर्तमान सांसद सीताराम मेहताले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अधिकारबाट बञ्चित गराएको बताए । संसद् विघटनविरुद्ध जनता सडकमा जुर्मुराएर आएकाले संसद् पुनःस्थापना हुनेमा विश्वास व्यक्त गरे ।
मधेसी नागरिक समाजका सहजकर्ता तथा पत्रकार रामरिझन यादवले मातृभाषालाई संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताउँदै संसद् पुनस्र्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

यादवले मातृभाषा मैथिलीलाई प्रोत्साहन गर्दै मधेसका जनताले मधेसी भाषामा बोले राम्रो हुने बताए । मधेसी नागरिक समाज कुनै पनि संस्थामा आबद्ध नभएको उनले बताए । देश विकट परिस्थितिमा गुज्रिरहेको बेला मधेसी नागरिक समाजले नेतृत्वदायी भूमिका निर्वाह गरेकोसमेत उनले बताए ।

कार्यक्रममा नागरिक समाजका अगुवा देवराम मधेसीले संसद् विघटन असवैधानिक भए पनि तोकिएको निर्वाचनमा भने सबै सहभागी हुनुपर्ने बताए । उनले संविधान निर्माण भएपछि उत्पीडित जाति समुदायले समतामूलक समाजको कल्पना गरेपनि त्यसो नभएकोमा चिन्ता व्यक्त गर्दै जनताको जनादेश लिन निर्वाचन उपयुक्त माध्यम भएको बताए ।

त्यस्तैै शिक्षक लिलानाथ सिलवालले निर्वाचन जनताको जनमतका लागि भएकाले निर्वाचन गर्दा सबै नागरिक सहभागि हुनुपर्नेमा जोड दिए । त्यस्तै अधिकारकर्मी चुन्नी खातुनले संविधानको रक्षाका लागि संसद् पुनस्र्थापना जरुरी रहेको बताइन् । उनले संसद् विघटन गरेर जनता र संविधान दुवैलाई अपमान गरेकाले त्यसलाई सच्याउन जरुरी रहेको दाबी गरिन् ।

जयकृष्ण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिका सचिव धिरज भट्टराई, इनरुवा जेसीजका अध्यक्ष संयम कोइराला, पत्रकार ताविल अन्सारी, पुरुषोत्तम घिमिरे, रमेश भट्टराई, अहिल्यादेवी मेहता लगायतको सहभागिता रहेको थियो ।

Tags: अन्तक्र्रिया कार्यक्रमप्रधानमन्त्रीसंविधानमा पनि आगो लगाइयोसंसदमा मात्र होइनसंसद् विघटन
Share27Tweet17SendScan
Previous Post

सशस्त्र प्रहरीद्वारा भारतीय कुखुरा नष्ट

Next Post

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In