Tuesday, June 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

गगनको गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०७७
in FEATURE, समाचार
गगनको गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ
39
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्यद्रोहको मुद्दा लगाउन चुनौती दिएका छन् । विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि घर पठाउनेसमेत बताए ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार विहान पक्राउ गरेको थियो ।

राष्ट्रपतिका विषयमा बोलेकै भरमा रामकुमारी झाँक्रीलाई राज्यद्रोहको मुद्दा लगाउने तयारी गरेको भन्दै उनले आफूले पनि राष्ट्रपतिका विषयमा बोलेको बताए । नेपाली कांग्रेस विराटनगर महानगरसमितिको कार्यक्रममा थापाले भने, ‘राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो । उहाँ (विद्या भण्डारी) ले संस्थाको गरिमा राख्न सक्नुभएन । संसद् पुनर्स्थापना भएपछि राष्ट्रपतिलाई घर फिर्ता पठाउने हो ।’

‘मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ’ उनले अघि भने, ‘महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’

उनले २०६२/२०६३ को जनआन्दोलनका क्रममा आफू लगायतका विद्यार्थी नेताहरुमाथि राज्यद्रोहको मुद्दा लागेको क्षण सम्झिाए ।

राजाविरुद्ध अमर्यादित नारा लगायो भनेर आफूमाथि मुद्दा लागेको भन्दै उनले भने, ‘मेरो मुद्दामाथि बहस हुँदै गर्दा नेपाल विद्यार्थी संघका साथीहरु अदालत परिसरमा आएर त्यही नारा लगाए, जुन नारा लगाउँदा ममाथि मुद्दा लागेको थियो । मेरो वकिलले भन्नुभयो श्रीमान एकछिन अदालतमा मौनता चाहन्छु ।

अदालतमा सन्नाटा छायो, तलबाट नारा लागिरहेको थियो । मेरो वकिलले भन्नुभयो श्रीमान गगन थापालाई राजद्रोही भन्ने हो भने यी सबैलाई राजद्रोही भन्नुपर्छ ।’

‘त्यसो भन्ने वलिक को हुनुहुन्थ्यो थाहा छ ? सुवास नेम्वाङ हुनुहुन्थ्यो । आज बालुवाटारको दुलोमा लुकेर बस्नुभएको छ’ थापाले अघि भने, ‘श्रीमान्, तपाई बदलिनु भयो होला, हामी बदलिएका छैनौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने नयाँ नियम ल्याउन लागेको बताउँदै उनले त्यसको पनि विरोध गर्ने बताए ।

Tags: गगनको गर्जनप्रधानमन्त्री केपी शर्मा ओलीसबैलाई राजद्रोही भन्नुपर्छसंसद् पुनर्स्थापना
Share16Tweet10SendScan
Previous Post

दुहवी तेस्रो मेयरकपको उपाधी भलुवालाई कानुन

Next Post

‘भाइरल’ भएपछि सांगीतिक बजारमा तानातानः भ्यूजको लोभ कि प्रतिभालाई स्थान ?

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
‘भाइरल’ भएपछि सांगीतिक बजारमा तानातानः भ्यूजको लोभ कि प्रतिभालाई स्थान ?

‘भाइरल’ भएपछि सांगीतिक बजारमा तानातानः भ्यूजको लोभ कि प्रतिभालाई स्थान ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In