Tuesday, November 11, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

दुहवी तेस्रो मेयरकपको उपाधी भलुवालाई कानुन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०७७
in खेलकुद, समाचार, स्थानीय समाचार
दुहवी तेस्रो मेयरकपको उपाधी भलुवालाई कानुन
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको दुहवीमा सम्पन्न भएको तेस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधी दुहबी वडा नम्बर ७ भलुवाले हात पारेको छ ।

दुहबीमा सम्पन्न तेस्रो मेयरकप फुटबल प्रतियोगिताको उपाधी दुहबी वडा नम्बर ७ ले हाथ पारेर उपाधी सहित दुहबी वडा नम्बर ७ भलुवाले एक लाख १ हजार नगद तथा शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा दुहबी वडा नम्बर १० सिमरीयालाई ० को विरुद्ध १ गोल अन्तरले पछि पार्दै दुहबी ७ बिजेता बनेको हो ।

मेयरकपको उपबिजेता दुहबी वडा नम्बर १० ले ५१ हजार नगद तथा शिल्ड,मेडल प्रमाणपत्रमा चित बुझाएको छ । खेलको मध्यान्तर सम्म दुबै तर्फबाट अत्यन्तै प्रतिस्प्रर्धात्मक खेल भएपनि कसैले गोल लगाउन सकेको थिएन । खेलको मध्यान्तर पछिको २० औं मिनेटमा दुहबी वडा नम्बर ७ का खेलाडी सेवन ऋषिदेबले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गरेका थिए ।

खेलको म्यान अफ द म्याच दुहबी वडा नम्बर ७ का खेलाडी सेवन ऋषिदेब भए । उहाँले नगद ५ हजार सहित मेडल प्राप्त गर्नुभयो । खेलको समापन कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले खेलाडीलाई अघि बढन् आग्रह गर्दै नगरपालिकाको सदैव साथ रहने भन्दै खेलाडीहरुलाई हौंसला प्रदान गर्नुभयो ।

मेयर गच्छदारले दुहबीमा फुटबल प्रतियोगिताको लागि रंगशाला निर्माणमा ३ करोड बढीको काम सम्पन्न भइसकेको जानकारी दिदैं २२ करोडको बहुवर्षिय रंगशाला निर्माणको योजनामा अझै १ करोडको ठेक्का समेत लागी सकेको जनाउनुभयो । फुटबल प्रती आकर्षित गराउन दुहबीमा फुटबल एकेडेमीको लागि ५ बिघा जग्गा लिइसकेको जानकारी गराउदैं मेयर गच्छदारले अखिल नेपाल फुटबल संघसंग चाडै सम्झौता गरिने जनाउनुभयो ।

मेयर गच्छदारले नगरपालिका स्तरीय फुटबल लिग संचालन दुहबीमा प्रशिक्षक ल्याउनुका साथै खेलाडीहरुको स्वास्थयको पूरा जिम्मेवारी दुहबी नगरपालिकाले लिने समेत जानकारी दिनुभयो । फाइनल खेलको उत्कृष्ट गोल रक्षक दुहबी वडा नम्बर ७ का गोल रक्षक रबिन चौधरी भए । उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे भने खेलमा बेस्ट डिफेन्स दुहबी ७ का खेलाडी सुरज माझी भए ।

उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे । खेलको बेस्ट मिड फिल्डर दुहबी वडा नम्बर १० का खेलाडी आशिस चौधरी भए। उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरे । प्रतियोगिताभरीको सर्बाधीक गोलकर्ता दुहबी वडा नम्बर ७ का खेलाडी दिलिप चौधरीले नगद ६ हजार सहित ट्रफी प्राप्त गरे ।

मेयर कपको समापन कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाह, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष किशोर राइले शुभकामना मन्तब्य दिदैं फुटबल खेलबाट खेलाडी हरुलाई रोजगारमुखी बनाउनुपर्नेमा जोड दिएका थिए। दुहबी नगरपालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा मेयर कप फुटबल प्रतियोगिता भएको थियो ।

Share13Tweet8SendScan
Previous Post

विधालयलाई सरसफाई समाग्री वितरण

Next Post

गगनको गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
गगनको गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ

गगनको गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, कार्तिक २५, २०८२
Mon, November 10, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In