Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अतिक्रमण गरी जग खन्दा मन्दिरको संरचना भेटियो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ३०, २०७७
in FEATURE, मुख्य खबर
अतिक्रमण गरी जग खन्दा मन्दिरको संरचना भेटियो
40
SHARES
Share on FacebookShare on Twitter

बनेपा । बनेपा नगरपालिका वडा नं ५ र ७ को सिमानामा पर्ने तीनधारा क्षेत्रमा अतिक्रमणमा पर्न लागेको सार्वजनिक जग्गामा मन्दिरको संरचना भेटिएको छ ।

तीनधारामा खाली रहेको सार्वजनिक जग्गामा व्यक्तिले अतिक्रमण गरी टहरा बनाउन जग खन्दा मन्दिरको बसाह भेटिएपछि सो ठाउँमा नगरपालिका र पूरातत्व विभागले खोजी सुरु गरेको हो ।

एक साताअघि बसाह भेटिएपछि स्थानीयले निर्माण कार्य रोकेर त्यसको थप खोजी गर्न ध्यानाकर्षण गरेका थिए । स्थानीय ज्येष्ठ नागरिकहरूले सो ठाउँमा तलेजु भवानीको मन्दिर रहेको बताएका छन् । नगरपालिकाका ७ नं का वडाध्यक्ष वर्ण शाक्यले भेटिएको संरचनाले त्यो ठाउँमा कुनै बहाल वा चोक थियो भन्ने देखिएको जानकारी दिए ।

शाक्यहरूको गुठीमा रहेको ताडपत्रमा सो मन्दिरको विषय उल्लेख भएको भन्दै त्यसको खोजी सुरु गरिएको वडाध्यक्ष शाक्यले जानकारी दिए ।

कस्तो र के संरचना थियो भन्ने यकिन नहुँदा सो क्षेत्रलाई सार्वजनिक जग्गाको रुपमा छाडिएको थियो । तर बेवास्तामा पर्दा लामो समयदेखि अतिक्रमणको चपेटामा पर्दै आएको स्थानीय बताउँछन् ।

तर पछिल्लो समय मन्दिरको संरचना भेटिएपछि निर्माण रोकेर त्यसको ऐतिहासिकता एवं सांस्कृतिक महत्वको खोजी सुरु गरिएको वडाध्यक्ष शाक्यले जानकारी दिए । खोजीको क्रममा बहालको चोकमा राखिने चन्द्राकार संरचना समेत भेटिएको छ ।

अहिले बनेपामा तलेजु मन्दिर अन्यत्र कतै नरहेको शाक्य बताउँछन् । बुढापाकाले यही ठाउँमा तलेजु मन्दिर थियो भनेर किटान गरेको आधारमा यो मन्दिर तलेजुकै संरचना भएको अनुमान गरिएको उनले बताए । सो क्षेत्रमा अहिले पुरातत्व विभागको प्रतिनिधि समेत अध्ययनको लागि पुगिसकेका छन् ।

Tags: अतिक्रमण गरी जग खन्दा मन्दिरको संरचना भेटियोअतिक्रमणमा पर्न लागेको सार्वजनिक जग्गातलेजु मन्दिरबनेपा नगरपालिकामन्दिरको संरचना भेटिएपछि
Share16Tweet10SendScan
Previous Post

दाङमा वन रक्षकको मृत्यु

Next Post

नियतिसँग जुधेका दुई प्रेमीको सुन्दर कथा

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
नियतिसँग जुधेका दुई प्रेमीको सुन्दर कथा

नियतिसँग जुधेका दुई प्रेमीको सुन्दर कथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In