Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

नियतिसँग जुधेका दुई प्रेमीको सुन्दर कथा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १, २०७७
in मनाेरञ्जन
नियतिसँग जुधेका दुई प्रेमीको सुन्दर कथा
44
SHARES
Share on FacebookShare on Twitter

हाम्रो दैनिकी मान्छे, ठाउँ र अनेक घटनाको स्मृतिसँग जोडिएर चलिरहेको हुन्छ। हाम्रो दिमागमा भएको स्मृति हरायो भने सायद हामीले आफ्नो भनेर माया गरेका सबै कुरा गुमाउँछौं।

प्रेमीप्रेमिका वा आफन्तबीचको प्रेम बाँच्ने पनि त्यही स्मृतिमा त होला। स्मृति नै हराए, प्रेम कसरी बाँच्ला? कहाँ बाँच्ला? कोरियन प्रेम कथा निर्देशक जोन एच लीको ‘अ मोमेन्ट टु रिमेम्बर’ फिल्मले यस्तै प्रश्नमा घोत्लिन बाध्य पार्छ।

‘अ मोमेन्ट टु रिमेम्बर’ नियतिसँग जुधेका दुई प्रेमीको सुन्दर कथा हो। फिल्मको कथा मुख्य दुई पात्र सुजिन र चुल सुको वरिपरि घुम्छ।

सुजिन विवाहित पुरुषसँग प्रेममा परेकी हुन्छिन्। आफ्नो प्रेमीसँग भाग्न लागेकी उनी रेल वे स्टेसनमा टिकट काटेर कुरिरहेको दृश्यबाट फिल्म सुरू हुन्छ। प्रेमी नआएर निराश भएकी उनी कोक किन्न डिपार्टमेन्टल स्टोर छिरेको बेला चुल सुसँग जम्काभेट हुन्छ।

यो आकस्मिक भेट फेरि दोहोरिन थाल्छ। कारण, चुल सु सुजिनको बुवाको कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने कार्पेन्टर हुन्छन्। काम गर्दै उनी आर्किटेक्चर पढिरहेका हुन्छन्।

फरक स्वभाव र फरक पारिवारिक पृष्ठभूमिका भए पनि उनीहरु प्रेममा पर्छन्। निर्दोष सुजिन र कठोर स्वभावका यी दुई प्रेमीको विपरीत व्यक्तित्व पनि फिल्मको आकर्षक पक्ष हो। उनीहरको संवाद मात्र नभई उनीहरूको व्यक्तित्वको पनि आफ्नै फरक कथा छन्।

केही अवरोधका बावजुद उनीहरूको प्रेमपछि बिहे गर्न सफल हुन्छन्। बिहेपछि आर्किटेक्ट चुल सु र फेसन डिजाइनर सुजिन झनै खुसी हुन्छन्। तर सुजिनको स्वास्थ्यमा समस्या देखा परेपछि उनीहरूको जीवनको लय क्रमशः बिग्रन थाल्छ।

सुजिन कार्यालयबाट घर फर्किने बेला आफ्नै घर नचिन्ने र साना साना कुराहरू समेत बिर्सन थाल्छिन्। सुजिनले घरीघरी आफ्नो श्रीमान बिर्सने र भूतपूर्व प्रेमीलाई मात्र चिन्ने अवस्था पनि आउँछ।

उनमा अल्जाइमर रोगको असर देखा परिसकेको हुन्छ। डाक्टरले सुजिनलाई उनले बिस्तारै आफ्ना श्रीमान र आफन्तलाई समेत बिर्सन सक्ने कुरा बताउँछन्। सुजिन डाक्टरले भनेका कुरा पत्याउन सक्दिनन् र न त स्वीकार्न नै चाहन्छिन्।

डुब्न लागेको घामजस्तो सुन्दर हुँदैन, डुब्दै गरेको जिन्दगी। तर सुजिनसँग आफू डुबिरहेको महशुस गर्नेबाहेक अर्को विकल्प हुँदैन।

यहीँनेरबाट फिल्मले अर्को मोड लिन्छ। सुजिन चुल सुलाई आफूभन्दा धेरै माया गर्छिन्। यही मायाका कारण सुजिन चुल सुले कठोर कदम चाल्ने निर्णय गर्छिन्। यो उनको एकतर्फी निर्णय हुन्छ। त्यो निर्णय कस्तो होला?

चुल सु पनि त सुजिनलाई उनीभन्दा कम माया गर्दैनन्। तर उनको कठोर निर्णयपछि चुल सुले सुजिनलाई गर्ने माया पहिला जसरी नै टिकाउन सक्लान्?

सुरुमा यो जोडी उदाइरहेको पहेँलो घामजस्तै प्रेमको रंगमा रगमगाएको थियो। पछि त्यही प्रेमले उनीहरूलाई पोल्न थाल्छ। एक अर्कालाई भुल्ने आवश्यकता वा बाध्यता भएको अवस्थामा कुनै प्रेमीले स्मृति हराए त ठिकै होला। तर एक अर्कालाई औधी माया गरिरहेको जोडीमध्ये कोही एकले मात्र स्मृति हराए के होला?

यो फिल्म यस्तै अवस्था भोगिरहेका दुई प्रेमीको कथा हो। सन् २००४ मा सार्वजनिक ‘अ मोमेन्ट टु रिमेम्बर’ विगत डेढ दशकदेखि दर्शकले धेरै रूचाएको दक्षिण कोरियाली लभ स्टोरी फिल्म हो।

सुजिनको भूमिका निर्वाह गर्ने अभिनेत्री सोन ये जिन दर्जनौं फिल्म र सिरिजहरुबाट चर्चा कमाएकी कलाकार हुन्। द क्लासिक, द ट्रुथ बिनिथ, द लास्ट प्रिन्सेसलगायत फिल्मबाट अवार्ड जित्न सफल उनले अ मोमेन्ट टु रिमेम्बरबाट समेत उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

चुल सुको भूमिकामा देखिने जुङ वु सुङ अभिनेतासँगै फिल्म निर्देशकका रूपमा पनि चर्चित छन्। इन्नोसेन्ट विटनेस, कोल्ड आइज, द गुड, ब्याड एन्ड द वेअर्ड आदि फिल्मबाट अवार्डहरू जितेका उनी अ मोमेन्ट टु रिमेम्बरको अभिनयबाट मनोनयनमा परेका थिए।

यी दुई कलाकारको अभिनयबाहेक फिल्मको कथा र संवाद दर्शकको संवेदनालाई छुने खालको छ। कथा मार्मिक भए पनि प्रस्तुति रमाइलो छ। प्रेम कथा मन पराउने दर्शकका लागि यो भ्यालेन्टाइन सप्ताहको मीठो खुराक बन्न सक्छ।

Tags: अनेक घटनाअर्को विकल्प हुँदैनआफूभन्दा धेरै माया
Share18Tweet11SendScan
Previous Post

अतिक्रमण गरी जग खन्दा मन्दिरको संरचना भेटियो

Next Post

ओली समूहले बुटवलमा सभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

Related Posts

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
0

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि....

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड
FEATURE

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

by सुनसरी अनलाइन
साउन १५, २०८१
0

सुनसरी । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी...

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

बैशाख २४, २०८१
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

चैत्र ८, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
न्यायालयलाई दबावमा पार्न खोजियो : प्रधानमन्त्री ओली

ओली समूहले बुटवलमा सभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In