अजमल अन्सारी
भोक्राहा । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को ओली समूहबाट भोक्राहा नरसिंह गाउँपालिकाको संयोजकमा रामकुमार मेहतालाई चयन गरेको छ । भोक्राहा नरसिंह गाउँकमिटीको सचिवमा हातिम अन्सारीलाई चयन गरेको हो । सो गाउँपालिकाको इन्चार्चमा रामप्रसाद यादवलाई जिम्मेवारी दिएको छ ।
ओली समूहबाट मेहताले संजोयकको जिम्मेवारी पाएपछि गाउँ कमिटीलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपाको तर्फबाट यसअघि भोक्राहा नरसिंह गाउँ कमिटीको सचिव पदको जिम्मेवारी सम्हालेका थिए । नेकपामा विवाद उत्पन्न भएपछि मेहता ओली समूहबाट संयोजकको जिम्मेवारी पाएकाले पार्टी विस्तार गर्ने, जनताको पक्षमा वकालत गर्ने र समस्याहरुलाई समाधान गर्नेतर्फ अग्रसर हुने उनले विश्वास व्यक्त गरेका छन् ।
यसैगरी नेकपा ओली समूहबाट सुनसरीको देवानगञ्ज गाउँपालिकामा पनि गाउँ कमिटी विस्तार गरिएको छ । देवानगंज गाउँ कमिटीको संयोजकमा रामप्रसाद मेहता चयन भएका छन् । गाउँ कमिटीको सचिवमा रितिक यादव र इन्चार्जमा बद्री मेहतालाई चयन गरेको छ । सोमबार कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरुलाई जिम्मेवारी दिएको जिल्ला सदस्य रविन्द्रकुमार यादवले जानकारी दिएको छ ।