Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहामा चार सय अपाङ्गता भएकालाई कांग्रेसद्वारा कम्मल र झुल वितरण

 अन्य पार्टी परित्याग गरी सयभन्दा बढी कांग्रेसमा प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ५, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहामा चार सय अपाङ्गता भएकालाई कांग्रेसद्वारा कम्मल र झुल वितरण
53
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका चार सय जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्मल र झुल वितरण गरिएको छ । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ (ख) सुनसरीको आयोजनामा भोक्राहा नरसिंह गाउँपालिकाका चार सय अपाङ्गता भएका व्यक्तिहरुलाई कम्मल र झुल वितरण गरिएको हो ।

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन र प्राविधिक शिक्षा प्रदान गर्नमा आफनो भूमिका रहने बताएका छन् ।

पूर्व अर्थमन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ बाट सांसद भएकाले आफ्नो क्षेत्रका जनताप्रतिको माया, प्रेम बढ्दै गएकाले यस क्षेत्रको विकाससँगै अपाङ्गता भएका व्यक्तिहरुको समस्याप्रति उति नै चासो राखेर कम्मल र झुल वितरण गरेको बताए ।

सो वितरण कार्यक्रममा अपाङ्गता भएका साकिर आलम कानुन संकायमा अध्ययनरत रहेको र उनको आर्थिक अवस्था कमजोर भएकाले आलमलाई शिक्षाबाट बञ्चित नहुनका लागि ५० हजारको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरु पनि समाजका अङ्ग भएकाले उनीहरुलाई शिक्षा, स्वास्थ्य र आत्मनिर्भर बन्नका लागि आफूले पहल र प्रयास गर्ने कार्कीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘अपाङ्गता भएका व्यक्तिहरुको आवाज सुन्नुपर्छ,’ उनले भने, ‘राज्यले सुनेर मात्र हुँदैन, राज्यले सेवा सुविधा पनि प्रदान गर्नुपर्दछ । अपाङ्गता भएका व्यक्तिहरुका लागि आफूले गर्ने प्रयत्न गर्न तयार छु ।

’ अपाङ्गता भएका व्यक्तिहरुको जीवन सुगम बनाउन, भविष्यलाई उज्ज्वल बनाउनका निमित्त सबैले प्रयत्न गर्न आवश्यक रहेको र आफूबाट पनि हुने सहयोग गर्न तयार रहेको उनले बताए । नेपाली कांग्रेसले सबैको भलो चिताउने काम गर्दै आएकाले आगामी दिनमा उनीहरुको प्रतिभा, कला, लोकप्रियता र रुचिअनुुसार सुनसरी जिल्लामा अवसर प्रदान गर्ने कार्कीको भनाइ छ ।

अपाङ्गता भएका व्यक्तिहरुले सेवा सुविधा पाउने विश्वासका साथ उनीहरुको उत्साहले समाजमा योगदान पुग्ने भएकाले नेपाली कांग्रेसले उच्च सम्मान गर्नेसमेत उनले बताए ।

कम्मल तथा झुल वितरण कार्यक्रममा एक सयभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अरु पार्टीले अपाङ्गता भएका व्यक्तिहरुलाई कुनै अवसर प्रदान नगरेको, मागअनुसार कुनै काम नगरिदिएको र अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेकाले आफूहरुको भलो चिताउने र अवसर प्रदान गर्ने नेपाली कांग्रेस पार्टी भएकाले प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।

नवप्रवेशीहरुलाई टिका लगाएर पूर्व अर्थमन्त्री कार्कीले स्वागत गरेका थिए । भोक्राहा नरसिंह गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुको रोजाइ पनि नेपाली कांग्रेस बन्न थालेको छ । नेपाली कांग्रेसमा यसअघि पनि विभिन्न पार्टी परित्याग प्रवेश गरेका थिए ।

अब सर्वसाधारणको मात्र होइन् अपाङ्गता भएको व्यक्तिहरुका लागि पनि लोकप्रिय पार्टी कांग्रेस बनेको छ । यद्यपि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ का निवर्तमान सांसद कार्कीले गरेको गतिविधिहरुबाट खुसी भएर कांग्रेस प्रवेशको लहर दिनप्रतिदिन बढ्दो रहेको पाइएको छ ।

नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ (ख) सभापति हारुण अन्सारीको अध्यक्षतामा सम्पन्न भएको छ । पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रविना राणा कार्की, नेपाली कांग्रेस सुनसरीका सभापति तथा प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, इनरुवा नगरपालिकाका मेयर राजन मेहताले अपाङ्गता भएका व्यक्तिहरुलाई कम्मल र झुल वितरण गरेका थिए ।

त्यसैगरी सुनसरी कांग्रेसका सचिव केदार भण्डारी, सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, क्षेत्रीय सहसभापति सदानन्द मण्डल, नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी डा. इसराइल मन्सुरी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव राजेन्द्रप्रसाद मेहतालगायतले कम्मल र झुल वितरण गरेका थिए ।

Tags: अन्य पार्टी परित्याग गरी सयभन्दा बढी कांग्रेसमा प्रवेशअपाङ्गता भएकालाई कांग्रेसद्वारा कम्मल र झुल वितरणपूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसुनसरी
Share21Tweet13SendScan
Previous Post

पिसाब संक्रमणको लक्षण र उपचार

Next Post

अस्पताल संघर्ष समितिद्वारा आन्दोलन घोषणा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
अस्पताल संघर्ष समितिद्वारा आन्दोलन घोषणा

अस्पताल संघर्ष समितिद्वारा आन्दोलन घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In