सुनसरी। सुनसरीको रामधुनी नगरपालिका वडा नं ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थित को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए ।
घाईते चौधरीको बिराट नर्सिङ होममा उपचारको क्रममा राती ११ : ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पिकअप र चालक मोरङ सुन्दरहरैचाका दिल बहादुर कामी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।