इनरुवा । सुनसरीको कोशी गाउँपालिका–५ कुम्याहीमा सम्पन्न भएको तेस्रो अध्यक्ष कपको उपाधि रामधुनी युवा क्लवले हात पारेको छ ।
बिहिवार सम्पन्न भएको फाइनल खेलमा आयोजक कुम्याही फुलबल क्लवलाई १–३ गोल अन्तरले पराजित गर्दै रामधुनी फुटवल क्लवले उपाधि हात पारेको हो ।
उपाधि चुमेको रामधुनीले नगद ५५ हजार रुपैयाँ, सिल्ड र मेडल हात पारेको छ भने उपबिजेतामा चित बुझाएको कुम्याहीले ४१ हजार रुपैयाँ नगद र सिल्ड प्राप्त गरेको छ ।
बिजेता र उपबिजेतालाई प्रमुख अतिथि कोशी गाउँपालिका–५ का वडाध्यक्ष साहजमाल र सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर दाहालले पुरस्कार वितरण गरेका थिए ।