Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ गते गर्ने निर्णय

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ७, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ गते गर्ने निर्णय
108
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं : नेपाली कांग्रेसको पार्टीको आगामी १४ औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यसैगरी कांग्रेसले गाउँ/नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ/नगरपालिका अधिवेशन असार ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ ।

कांग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधान बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ ।

बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरलैण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरव, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्ग स्थित नेपाली जनसम्पर्क समितिको अवधी समाप्त भएको मितिले आगामी असारभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय समेत गरेको छ ।

बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि यही फागुन १५ गतेभित्र तोकेको उनले बताए ।

साथै केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकिएको समेत उनले बताए ।

बैठकले कांग्रेसको विधान बमोजिम क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा रमेश लेखक र सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई मनोनयन गरेको छ ।

बैठकले प्रतिनिधि सभा विघटनका विरुद्धमा केन्द्रीय कार्यसमितिले घोषणा गरे अनुरुप गत पुस १३ गतेदेखि यही फागुन ३ गतेसम्म विभिन्न तहमा भएका प्रदर्शनमा भएको व्यापक सहभागिताबाट पार्टीले अघि सारेको धारणाका पक्षमा व्यापक जनमत प्रकट भएको ठहर गरेको छ ।

तसर्थ पार्टीको क्रियाशील सदस्यता वितरण र महाधिवेशन तयारीका कार्यहरुलाई असर नपर्ने गरी आन्दोलनलाई निरन्तरता दिंदै कार्यक्रम निर्माण र आयोजना गर्त पार्टी जिल्ला कार्यसमिति एवं विभिन्न तहलाई गर्न निर्देशन समेत दिएको छ ।

बैठकले मुलुकमा महिला उपर हिंसा, बलात्कार र हत्याका घटनाहरु पछिल्लो समय झनै बढेर गएकोमा गम्भीर चिन्ता प्रकट गर्दै बैठकले त्यस विरुद्ध समाजको जागरुकता र राज्यको कर्तव्यमा तदारुकता बढाउन अपिल गर्ने निर्णय गरेको छ ।

साथै यस्ता घटनाका विरुद्ध दवावमूलक अभियानका लागि यही फागुन ८ गते दिनको १ बजे राजधानीको रत्नपार्क ९शान्तिवाटिका० मा नेपाल महिला संघद्वारा आयोजित प्रदर्शनमा व्यापक सहभागिताका लागि बैठकले सबैलाई अपिल गरेको छ ।

बैठकले कोभिड—१९ को प्रकोप अझै समाप्त नभएको भन्दै कोभिडको नयाँ भेरिएन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गरेको छ ।

बैठकले कोभिड—१९ बाट आर्थिक रुपमा कमजोर भएका आम नागरिकहरु माथि सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम नागरिक झन् मर्कामा परेको उल्लेख गर्दै आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु डा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। रामशरण महत, बलबहादुर के।सी।, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, शंकर भण्डारी र ईश्वरी न्यौपानेले आफ्नो धारणा राख्नु भएको थियो ।

Tags: प्रतिनिधि सभा विघटनमहाधिवेशन
Share43Tweet27SendScan
Previous Post

स्वस्तिमा भन्छिन्–‘साउथ फिल्म गर्ने बिषयमा संझौता भएको छैन’

Next Post

७१ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ अवसरमा माननीय मुख्यमन्त्री शेरधन राईले व्यक्त गर्नुभएको मन्तव्य

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
७१ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ अवसरमा माननीय मुख्यमन्त्री शेरधन राईले व्यक्त गर्नुभएको मन्तव्य

७१ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ अवसरमा माननीय मुख्यमन्त्री शेरधन राईले व्यक्त गर्नुभएको मन्तव्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In