Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

७१ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ अवसरमा माननीय मुख्यमन्त्री शेरधन राईले व्यक्त गर्नुभएको मन्तव्य

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ७, २०७७
in समाचार
७१ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ अवसरमा माननीय मुख्यमन्त्री शेरधन राईले व्यक्त गर्नुभएको मन्तव्य
37
SHARES
Share on FacebookShare on Twitter

७१‍औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा यहाँहरु सबैमा म प्रदेश सरकारको तर्फवाट हार्दिक स्वागत एवम् अभिवादन व्यक्त गर्दछु ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आजको यस ऐतिहासिक घडीमा एकतन्त्रिय जहाँनीय राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्रको बिजारोपण गर्नका लागि हासी हासी छातीमा गोली थापी मृत्यु वरण गर्ने चार शहीद लगायत त्यस प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिहरुको जगमा उभिएर निरन्तर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएको संघर्ष र आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सबै महान वीर शहीदहरुलाई स्मरण गर्दै उहाँहरुप्रति भावपुर्ण श्रदान्जली सहित श्रद्धासुमन अर्पण गर्दछु ।

साथसाथै ती महान शहिदहरुका अधुरा सपनाहरुलाई पुरा गर्ने बाचा र प्रतिबद्वता समेत ब्यक्त गर्न चाहन्छु । २००७ साल फागुन ७ गतेका दिन निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा ‍७१ औं राष्ट्रिय प्रजातन्त्र दिवश मनाइरहेका छौं ।

आजको दिन देशलाई लामो समयसम्म निरंकुश, जहानियाँ, एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी प्रजातान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन हो । यो समान्य दिन होइन ।

१०४ बर्षे जहाँनिय राणाशासनको अन्त्य गरी नेपाललाई प्रजातन्त्र, खुल्लापन सहितको नागरिक शासनको दिशामा उन्मुख गराउने पहिलो पाइलाको रुपमा २००७ सालको क्रान्तिलाई एउटा ऐतिहासिक परिघटनाको दिनको रुपमा हामीले स्मरण गर्नुपर्दछ ।

आज हामीहरू संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै, मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय र आर्थिक समृद्धि सहितको समाजबादका बलिया आधारहरु निर्माण गर्दै राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको झण्डालाई अझ माथी उठाउदै, अझ त्यसलाई सबल र सुदृढ गर्दै नव नेपाल निर्माणको ऐतिहासिक अभिभारा बोकेर, बिशाल एवम् फराकिलो यात्रामा सहभागी भइरहेका छौं ।

मुलुक यतिबेला विकास र आर्थिक समृद्धिको नयाँ युगमा छ । समृदिको यात्रा फराकिलो बनेको छ । “समृद्ध नेपाल सुखी नेपाली” नेपाली जनताको साझा राष्ट्रिय आकांक्षा र लक्ष्य तय भएको छ । हामीहरु यस प्रदेशमा प्रदेश आवधिक योजनाको तर्जुमा गरी स्वच्छ, सुखी र समुन्नत प्रदेशको अवधारणा सहित राष्ट्रिय आकांक्षामा आबद्व भएका छौं ।

समृदिको सुस्पष्ट र फराकिलो यात्रामा प्रदेशबासीहरु मात्र होइन सम्पुर्ण नेपाली जनताहरु त्यस यात्रामा जोडिनु भएको छ ।

तीन तहका सरकारहरु नेपाली जनताको राष्ट्रिय आकांक्षामा आबद्व भएर सहकार्य, समन्वय गर्दै अगाडी बढीरहेका छन । आजको दिनले हाम्रा साझा राष्ट्रिय आकाँक्षा प्राप्तिको गन्तब्यमा पुग्नको लागि थप उर्जा र प्रेरणा मिल्ने मैले विश्वास लिएको छु ।

तीन बर्ष अगाडि गठन भएको प्रदेश सरकार हाम्रा वीर शहीदहरुले देखेको अधुरा सपना साकार पार्न क्रियाशिल छ । मैले प्रदेश सरकार गठन भएको तीन बर्षको अवसरमा यही मंचमा २०७७ फागुन ३ गते आयोजित कार्यक्रममा सरकारले तीन बर्षमा गरेका प्रमुख उपलब्धीहरुलाई २३२ बुँदामा समाबेश गरी सार्बजानिक गरिसकिएको जानकारी यस समारोहमा अवगत गराउन चाहन्छु । गोजी पुस्तिकाको रुपमा प्रकाशन गरिएको सामाग्रीलाई समय मिलाएर हेरिदिन सबैमा आग्रह गर्न चाह्नछु ।

नेपालमा संचालित पटक पटकका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर पहिलो पटक संघीय ढाँचामा आधारित शासन प्रणाली हामीले अबलम्वन गरेर सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहसम्म पुरयाउन हामी सफल भएका छौ । आज जनताको अधिकार जनताकै घरदैलोमा पुगेको छ ।

यतिबेला हामी स्मरण गरिरहेका छौं , पहिलो पटक संघीय प्रणालीको अभ्यास गर्दै गर्दा, त्यस प्रणालीको अनुभव, प्रयोग र अभ्यास गर्दै गर्दा शुरुका दिनहरु असाध्यै कठिन थिए । पहिलो र नितान्त नयाँ संरचना थियो प्रदेश संरचना ।

पहिलो अनुभव, प्रयोग र अभ्यासका साथ शुन्य बिन्दुबाट काम थालेर, कानुनी संरचना तयार गर्नु, प्रशासनिक संरचना गर्नु, जनशक्तिको बन्दोबस्त गर्नु र जनताका असिमीत चाहनाहरुलाई स धन एकैसाथ गर्दै जानु सजिलो थिएन ।
तर हामी ब्यवस्थित सोचबाट जिम्मेवारीमा आएका थियौं ।

जिम्मवारी त्यसरी सम्हालेका थियौं त्यसैले सबै खाले चुनौती, अप्ठ्यारा र असहजताहरुलाई सहज ढंगबाट केलाउदै, बुझ्दै स्वाभाविक गति र सिलसिलामा पाइला चाल्दै हामी अगाडी बढ्यौं बढिरहेका छौं ।

हामीले बिगत तीन वर्षलाई महत्वपूर्ण कानुनी, प्रसासनिक एबं बिकास र निर्माणका आधार र संरचनाहरु तयार गर्दै भरपुर अवसरको रुपमा प्रयोग गयौं । हामा प्रत्येक सेकेण्ड समय, ध्यान दृष्टिलाई त्यही कुरामा खर्च गर्यौ ।

कुहिएका फल र सुकेका पत्ताहरु झरे नै तर हामी कही चुकेका छैनौ । कही झुकेका छैनौं सिंगो प्रदेश र प्रदेशबासी जनताको शीर झुक्ने कुनै काम गरेका छैनौ यो कुरा पनि शीर ठाडो पारेर यस समारोहमा भन्न चाहन्छु ।

संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण आधार संरचना प्रादेशिक संरचना भएकोले प्रदेश संरचनालाई बलियो वनाउन सक्दा मात्र संघीयता बलियो र प्रभावकारी हुनसक्दछ । यही बुझाइका साथ हामी प्रदेश संरचनालाई संस्थागत गर्दै जनतामा बिकास र समृद्विका प्रतिफलहरु पस्कदै जनतामा दरिलो आशा र बिश्वासको बलियो आधार खडा गर्दै हामीहरुले काम गरिरहेका छौं ।

दाजुभाइ तथा दिदी बहिनीहरु
जनताका सबै अपेक्षा, चाहना र माँगहरु असिमीत छन । तर स्रोतको सिमा सिमीत छ । यस्तो अवस्थामा जनताका आकांक्षा र आवश्यकताहरुलाई प्राथिमकीकरण गर्दै संम्बोधन गर्दै जानु परेको छ ।

आगामी दिनहरुमा स्रोतका दायराहरु बढाउदै, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै जनताका प्राथमिक आवश्यक्ता र माँगहरुलाई सम्बोधन गर्दै लैजाने उधेश्य राखिएको कुरा यहाँहरु बीच राख्न चाहन्छु ।

कोभिड हाम्रा लागी अनपेक्षित रुपमा आइलाग्यो र हामी झण्डै एक बर्ष थलिनु पर्यो । चार महिना लामो लकडाउनमा बस्नु पर्यो ।

डरलाग्दो महामारीको सामना गर्नु पर्यो । यसरी कोभिड(१९ को महामारी हाम्रो प्रदेशमा उदयपुर जिल्लाको भुल्केमा देखापरेको थियो । तर हाम्रा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सक्रियता र चिकित्सकीय दक्षताले गर्दा त्यसलाई हामीले नियन्त्रण र व्यवस्थापन गर्न सफल भयौं ।

नियण्त्रण, रोकथामको नमुनाको रुपमा भुल्के मोडल नै भनेर बिकास गर्न हामी सफल भएका थियौं । जे होस सबैको साथ सहयोग र सक्रियताबाट हामीले कोभिडलाई धेरै हद सम्म प्रभावकारी ढंगबाट रोकथाम, नियण्त्रण र उपचार गर्न हामी सफल भयौं ।

यसमा संलग्न, चिकित्सक, स्वास्थ्यकर्मीहरु, सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मी, एम्बुलेन्स र शबबाहन चालक, कर्मचारी, पत्रकार संचार क्षेत्र, राजनीतिक दल, उधोगी,ब्यापारी, ब्यबसायी लगायत सबैमा बिशेष धन्यबाद भन्न चाहन्छु ।
यतिबेला खोप आइसकेको छ ।

पहिलो चरणको खोप सकिएको छ र दोश्रो चरणको खोप शुरु गरिएको छ छिट्टै नै संघीय सरकारसंगको समन्वयमा यस प्रदेशमा सबै जनताका बीच खोप पुरयाइने कुरा यहाँहरु बीच राख्न चाहन्छु ।

यतिबेला देशमा नयाँ परिस्थिति सिर्जना भएको छ । देश ताजा जनादेशका लागी निर्बाचनमा गएको छ । आगामी बैशाख १७ र २७ का लागी निर्बाचन मिती तय भै सकेको छ । निर्बाचन आयोगले निर्बाचनको तयारी शुरु गरेको छ र कुनै न कुनै रुपमा सबै दलहरुले निर्बाचनको तयारी गरिरहेका छन ।

यो निर्बाचन हाम्रो चाहना थिएन तर देशमा अराजकता सिर्जना गर्ने, अस्थिरता पैदा गर्ने, आफ्नै दलको दुइ तिहाई बहुमतको सरकार ढालेर, ६, ६ महिनामा सरकार बनाउने र ढाल्ने फोहोरी खेल तर्फ मुलुकलाई धकेल्ने लगातार प्रयास भएको कारणले त्यसबाट देशलाई जोगाउन सम्माननीय प्रधानमन्त्रीले सर्बौतम लोकतान्त्रिक बिकल्पको रुपमा ताजा जनादेशमा जाने निर्णय लिनु भएको छ ।

र फेरी एक पटक अस्थिरता, अराजकताको विपक्षीमा, स्थिरता, शान्ति, सुशासन, बिकास र समृदिको पक्षमा आफ्नो अभिमत प्रकट गर्दै उभिनुपर्ने परिस्थिति सिर्जना भएको छ । न्यायोचित फैसलाको लागि सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अपील गर्न चाहन्छु ।

प्रदेशमा समेत अस्थिरता र अराजकता सिर्जना गर्ने, संघीयताको मुटुको रुपमा रहेको प्रदेश संरचनालाई कमजोर बनाउने र जनताको बिकास र समृदिको चाहनालाई तुसारापात गर्ने उधेश्यका साथ कदम चालिएको छ । प्रकट अभिब्यक्तिको रुपमा मुख्यमन्त्रीको विरुद्व अविश्वासको प्रस्तावलाई सारिएको छ ।

बिधी सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ । सरकार भाग्न खोजेको छैन, तर्किन पन्छिन खोजेको छैन तर हामीले केही बैधानिक प्रश्नहरु उठाएका छौं ।

ती हाम्रा पद र कार्यकालसंग सम्बन्धित छैनन नितान्त, संबिधान, कानुन, र त्यसबाट निर्देशित दलीय कानुन, र दलीय बैधानिक ब्यवस्थाहरु संग सम्बन्धित छन ।

तीनमा हामी लचिलो हुन सक्दैनौं । किनभने हामी प्रणाली स्थापित गर्न आएका हौं । संबिधान कानुन नियम र बिधी बिधान मिच्ने कुरा संग हाम्रो सम्झौता हुन सक्दैन् ।

दुनियाँका लोकतान्त्रिक मुलुकहरुको संशदीय अभ्यासमा अनि हाम्रो संसदीय अभ्यासमा, त्यस अन्तर्गतको मुल्य मान्यता, दलीय ब्यवस्था र प्रणालीमा दल र त्यसका बिधानहरु नै प्रमुख हुने गर्दछन । दलीय ब्यवस्थामा दलका सदस्यहरु लगाम बाहिर हुदैनन, स्वतन्त्र हुदैनन यो सार्बभौम सत्य कुरा हो ।

हामीले यी कुराहरुको होक्का राख्नु, जनताको बलिदानबाट प्राप्त ब्यवस्था र प्रणालीलाई संस्थागत गर्नु त्यसको रक्षा गर्नु, आजको ‍औपचारिक नेतृत्व र जिम्मेवारीमा बसेका हामीहरुको दायित्व हो । यसमा गंभीर बन्नका लागी सम्बन्धित सबैपक्षलाई आग्रह गर्न चाहन्छु ।

संसदीय अभ्यास, दलीय ब्यवस्था र स्थापित प्रणाली र प्रचलित मुल्यमान्यता, बिधी बिधान बिपरीत गएर गलत अभ्यास र नजीरहरु स्थापीत नहुन भन्ने कुराको राम्ररी हेक्का राखेर उठेका कानुनी र बैधानिक प्रश्नहरुको निरुपण गर्दै प्रदेशमा उत्पन्न अन्यौलको चाडै अन्त्य गर्नका लागी सरकार तयार रहेको कुरा म स्पष्ट पार्न चाहन्छु ।

प्रदेशको नामांकन गर्न बाँकी छ हामीले यसै अधिवेशनबाट नामांकन टुंग्याउनु छ संगसगै जनताका अपेक्षाहरुलाई सम्बोधन गर्दै स्वच्छ सुखी र समुन्नत प्रदेशको प्रादेशिक आकांक्षा सहित हामीले शुरु गरेका बिकास र समृदिका कामहरुलाई सम्पन्न गर्दै पनि जानुछ, प्रदेश संरचनालाई बलियो र प्रभावकारी संरचनाको रुपमा संस्थागत गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ त्यसैले सबैलाई गंभीर बन्न र गहिरो जिम्मेवारी बोधका साथ भुमिका खेल्न समेत आजको यस अवसरमा म आव्हान गर्न चाहन्छु ।

हामीले कही नचुकी, कही कतै नझुकी हाम्रा वीर सपुतहरुले देखेको सपना साकार पार्न सकेको खण्डमा मात्र उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुने मैले ठानेको छु । हामी सकारात्मक सोचका साथ, दृढ र बलियो इच्छाशक्तिका साथ देश र जनताप्रति इमान्दार भएर अगाडी बढन आजको दिनले हामीसबैलाई त्यही प्रेरणा मिलोस ।

अन्तमा, राष्ट्रिय प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई अझ बलियो बनाउँदै समग्र आर्थिक समृद्धि प्राप्ती संगै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणका लागी सहकार्य गर्न सबैलाई अपिल गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद
०७ फागुन २०७७

Share15Tweet9SendScan
Previous Post

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ गते गर्ने निर्णय

Next Post

यादव ब्राण्ड समाज सेवा टिम मलेसियाद्वारा दलित परिवारलाई राहत सहयोग

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
यादव ब्राण्ड समाज सेवा टिम मलेसियाद्वारा दलित परिवारलाई राहत सहयोग

यादव ब्राण्ड समाज सेवा टिम मलेसियाद्वारा दलित परिवारलाई राहत सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In