मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले आज विराटनगरमा सभामा २ लाख बढी कार्यकर्ता उर्ताने दाबी गरेका छन् । नेकपाका युवा नेता तथा मुल आयोजक समितिका सदस्य पर्शुराम बस्नेतले प्रदेश १ मै धेरै कार्यकर्ता उतार्ने तयारी गहेको बताए ।
मोरङबाट ८० हजार देखि ८५ हजार सम्म, सुनसरीबाट ३० देखि ४० हजार सम्म, झापाबाट ३० देखि ४० हजार आउने आयोजकको अपेक्षा गरेको बुझिएको छ । त्यस्तै अन्य टाढाका जिल्लाहरुबाट ५ हजार, ६ हजार कार्यकर्ता आउने नेता बस्नेतको दाबी गरेका छन् ।
शुक्रबार नै टाढाका जिल्लाहरु तेह्रथुम संखुवासभा, ताप्लेजुङ, भोजपुर लगायतका कार्यकर्ता आईसकेको र केही आउने क्रममा रहेको नेता बस्नेतले बताए ।
आज हुने नेकपा ओली समुहको बिशाल सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, नेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल लगायत दर्जन बढी नेताले कार्यक्रममा सम्बोधन गर्नें छन् । यस सभालाई ओली समुहका नेताले आफ्नो शक्ति प्रर्दशन समेत भन्दै आएका छन् ।