इनरुवा । निरौला बन्धु सेवा समाज क्षेत्रीय समितिले इनरुवा क्षेत्रभित्रका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । निरौला बन्धु सेवा समाज क्षेत्रीय कार्यसमिति इनरुवाले निरौला समुदायका ८० वर्षभन्दा माथिका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
निरौला बन्धु सेवा समाजले शनिबार राधाकृष्ण मन्दिर सेवा समितिको प्राङ्गणमा ८० वर्षभन्दा माथिका १२ जना निरौला समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरेको अध्यक्ष सूर्यकुमार निरौलाले जानकारी दिए ।
इनरुवा–३ को महेन्द्र चोकको राधाकृष्ण मन्दिरमा निरौला बन्धु समाजले बयोबृद्ध ज्येष्ठ नागरिकहरुको तथ्याङ्क संकलन गरी निरौला समुदायका ज्येष्ठ नागरिकहरुलाई अभिनन्दन समारोह कार्यक्रमबीच सम्मान गरिएको निरौलाबन्धु सेवा समाज क्षेत्रीय समितिका अध्यक्ष निरौलाले बताए ।
निरौला बन्धु समाज एकीकृत भएर निरौला बन्धु समाजको हकहितका लागि गठन भएको र ऐतिहासिक काम गर्न लागेको समितिको सचिव तिलक निरौलाले जानकारी दिए । सो कार्यक्रमको प्रमुख अतिथि बालकृष्ण निरौला, समितिको सचिव तिलक निरौलालगायत निरौला समुदायका नागरिक समाजको उपस्थिति रहेको थियो ।