Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुलुकमा तमासा हुँदैछ : पौडेल

विकासका लागि राजनीति गर्न कांग्रेस नेता कार्कीको सुझाव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ८, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
मुलुकमा तमासा हुँदैछ : पौडेल
52
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । मुलुकमा सुरु भएको तमासा प्रदेश १ मा समेत सुरु भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । अविश्वास प्रस्ताव आउने भयले ओली सरकारले संसद् नै विघटन गरेपछि त्यसैको निरन्तरता प्रदेश १ मा समेत गर्ने धम्की बाहिरीएको स्मरण गर्दै उनले देशमा तमासाको राजनीति सुरु भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुनसरी इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सांसद पुनस्र्थापनाको विकल्प नरहेको बताए । नेता पौडेल संसद् विघटन बारेमा नेपाली कांग्रेसले अलकोतान्त्रिक र असंवैधानिक कदम भएको ठहर गरिसकेकोसमेत स्मरण गराएका थिए ।

वर्तमान प्रधानमन्त्री ओलीले चालेको कदमविरुद्ध नेपाली जनता एकजुट भएर लाग्नु पर्ने उनको तर्क थियो । संविधान र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस एकजुट भएर लाग्नुको विकल्प नरहेको भन्दै उनले पहिला संविधान जोगाउन सबैमा आग्रह गरे । अहिले केपी शर्मा ओलीको कदम संविधान विपरित रहेको कारण हाल घोषणा गरिएको निर्वाचनमा जानु समेत असवैधानिक हुने उनको तर्क थियो ।

प्रदेश १ को मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पास गर्न नेपाली कांग्रेसका नेताहरुलाई नेता पौडेलले आग्रह गर्दै कम्युनिष्टले आफैं घर फुटाएकाले कुनै पनि हालतमा कम्युनिस्टको पक्षमा ओलीका मुख्यमन्त्रीलाई सहयोग नगरी अविश्वासको प्रस्तावलाई पास गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

सुनसरीका अगुवा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली कांग्रेसमा कुनै गुट–उपगुट नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेसले सर्वसम्मतबाट संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निर्णय गरेको हुनाले जनतालाई भ्रममा नपर्न आग्रह गर्दै संसद् पुनस्र्थापनाको विकल्प नरहेकोसमेत ठोकुवा गरे ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आत्तिनु पर्ने स्थिति नभएको बताउँदै नेता पौडेलले नेपाली कांग्रेसले नेपालका कुनै पनि खेमाका कम्युनिष्टहरुलाई नसघाउने उद्घोष समेत गरे ।

संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभएको दावी गर्दै नेता पौडेलले संसद् पुनस्र्थापना गर्नुबाहेकको विकल्प नरहेको र सर्वोच्च अदालतको निर्णय संसद् पुनस्र्थापनाविरुद्ध आए आफू सर्वोच्च अदालतको बारेमा पनि बोल्न नचुक्नेसमेत बताए ।

सो अवसरमा उक्त भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले नेपाल कम्युनिष्ट पार्टी दुई खेमामा विभाजन भएको बेला नेपाली कांग्रेसले आफ्नो रणनीति तय गरी अवसर प्राप्तिका निमित्त अग्रसर हुनुको विकल्प नरहेको बताएका छन् ।

प्रदेश १ को वर्तमान अवस्थालाई इंगित गर्दै नेता कार्कीले दुई नेकपा भएको अवस्था प्रदेश १ भित्र कांग्रेसले अवसरका निमित्त अगाडि बढ्नुपर्ने समेत उनले सुझाए ।

सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान नेकपाको सरकारले चलाए पनि त्यो नाराअनुसार नेकपाले काम काम गर्न नसक्दा अहिले जनतामाझ कांग्रेसको विकल्प नरहेको उनको भनाइ थियो । ‘नेपाली कांग्रेसले भाषणमा मात्र होइन कामसमेत गरेर देखाउनुपर्छ,’ उनले भने, ‘विकासका गतिविधिलाई तीव्रता दिनुपर्नेछ ।

जनताको बीचमा गएर छलफल गर्न आवश्यक रहेकोसमेत उनले बताए ।
सवैधानिक परिषदमा नियुक्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कुनै हात नरहेको बताउँदै कार्कीले गलत प्रचारवाजी गरेर सभापतिलाई बदनाम गर्न खाजेको समेत स्पष्ट पारे ।

नेता कार्कीले अहिले विकासका लागि राजनीतिको मौसम मुलुकभरि नै छाएकाले विकासविनाको राजनीति नगर्नसमेत सबैलाई सुझाव दिए । आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ निरन्तर पुगेर जनताको दुःख र समस्या समाधानको अभियानमा लागेकै कारण जनताबाट प्राप्त गरेको स्नेह र मायाको खुलेर प्रशंसा गरे ।

सो अवसरमा जिल्लाका विभिन्न क्षेत्रबाट आएका नेता तथा कार्यकर्ताहरुले जिल्ला र केन्द्रको नेतृत्वप्रति प्रश्न खडा गर्दै आआफ्ना जिज्ञासा राखेका थिए । अधिकांशले काम गर्ने कार्यकर्ताले पार्टीबाट सम्मान नपाएको दुःखेसो पोखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सभापति राजीव कोइराला, पूर्व सांसद सीताराम मेहता, प्रदेश सांसद ताहिर अन्सारी, ज्योति सुब्बा, कांग्रेसका केन्द्रीय सदस्यहरु, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु, नेतृत्वकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा रामधुनी नगरपालिकाका युवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

 

Tags: कम्युनिष्टले आफैं घर फुटाएनेपाली कांग्रेसप्रदेश १ को मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पासमुलुकमा तमासा हुँदैछविकासका लागि राजनीति
Share21Tweet13SendScan
Previous Post

१२ ज्येष्ठ नागरिक सम्मानित

Next Post

किराँत राई यायोक्खा इनरुवामा सुभाष

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
किराँत राई यायोक्खा इनरुवामा सुभाष

किराँत राई यायोक्खा इनरुवामा सुभाष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In