इनरुवा । सुनसरीको इनरुवामा सम्पन्न भएको स्थानीय तह कर्मचारी युनियन नेपाल सुनसरीको भेलाले मोहम्मद शमिम अन्सारीलाई चयन गरेको छ । स्थानीय तह कर्मचारी युनियन नेपाल सुनसरीलाई विस्तार गर्ने क्रममा अध्यक्ष मोहम्मद अन्सारीको अध्यक्षतामा नौ सदस्य कार्यसमिति गठन गरिएको हो ।
यसैगरि उपाध्यक्षमा रमेश कुमार स्वर्णकार, महिला उपाध्यक्षमा सृजना सतरा, सचिव देवनारायण लहुटिया, कोषाध्यक्ष श्यामकुमार साह चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रणधीर साह, रुपनारायण मेहता, तुलसी यादव, राजीव कुमार चौधरी र भोजराज बस्नेत चयन भएका छन । सुनसरी जिल्लाका स्थानीय तहहरुको कर्मचारीहरुको भेलाबाट उनीहरुलाई चयन गरिएको हो ।
संगठन विस्तार तथा क्षमता विकास कार्यक्रमका प्रमुख अतिथि स्थानीय तह कर्मचारी युनियन नेपालका केन्द्रीय महासचिव रामप्रसाद पौडेल, स्थानीय तह कर्मचारी युनियन नेपाल २ नम्बर प्रदेशका अध्यक्ष विजय यादव, स्थानीय तह कर्मचारी युनियन नेपालका केन्द्रीय सदस्य कमलेश बिराजीको सहभागिता रहेको थियो ।
कार्यक्रममा रमेश स्वर्णकार, रन्जित मेहता र भोजराज बस्नेतले समेत युनियनको आवश्यकता र औचित्य बारेमा आआफनो धारणा राखेका थिए । सुनसरीको १२ वटै स्थानीय तहका कर्मचारीहरुको उपस्थिती रहेको थियो । ४९ जिल्लामा युनियनको विस्तार भइसकेको बताइएको छ । सुनसरी लगायत दुई सय ३८ पालिकामा युनियनको समिति बिस्तार गरिसकेको जनाइएको छ ।