Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसीमा कोभिड अस्पतालको उद्घाटन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १३, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
कोसीमा कोभिड अस्पतालको उद्घाटन
65
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–३ मा पाँच शैयाको अस्थायी कोभिड अस्पताल उद्घाटन भएको छ । बिहीबार कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले एक कार्यक्रमबीच पाँच शैयाको अस्थायी कोभिड अस्पतालको उद्घाटन गरेको हो ।

स्वास्थ्य जनसंख्या मन्त्रालय प्रदेश १ को सहयोगमा पाँच शैयाको अस्थायी कोभिड अस्पतालबाट कोभिड–१९ कोरोना भाइरसका बिरामीहरुलाई सेवा प्रवाह गर्ने जनाएको छ । अस्पताल साविकको स्वास्थ्य चौकी भवनमा उपकरणसहित पाँच वटा शैया राखेर सेवा प्रवाह गर्ने गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए ।

अन्सारीले अस्पताल उद्घाटन गर्दै सरकारको नीतिअनुसार तत्काल दश लाख लागतमा उपकरण र एक जना मेडिकल अधिकृतसहित तीन जना स्वास्थ्यकर्मीले सेवा दिने बताए । उनले अहिले पाँच शैयाको अस्पताल उद्घाटन गरिए पनि आवश्यकताको अधारमा क्रमश-१० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने बताए ।

अस्पताल कोभिडको जोखिमबीचमा उद्घाटन भए पनि कोभिडको बिरामीसँगै अन्यखालको बिरामीलाई समेत सेवा प्रवाह गर्ने बताए । उनले डाक्टरसमेतको सेवा प्रवाह गर्ने गरी पहिलो पटक अस्पताल उद्घाटन गरिएकाले यसको सेवा लिन सबै गाउँवासीलाई आग्रहसमेत गरे ।

अध्यक्ष अन्सारीले अस्पतालका लागि कोही जग्गादाताले जग्गादान गरे आफूले अस्पताल बनाउन बजेटसहितको व्यवस्था मिलाउन तयार रहेको प्रतिबद्धता जनाए । कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले कोभिड अस्पतालबाट कोरोना पीडितले सेवा पाउने कुरामा दुविधा नरहे पनि अहिले कोरोनाको संक्रमण भने न्यूनीकरण हुँदै गएकाले कोसीका नागरिकले भने यसको पूर्ण सेवा लिने बताइन् ।

यादवले मानवको सबैभन्दा ठूलो धन नै स्वास्थ्य भएकाले स्वास्थ्यलाभका लागि डाक्टर तथा स्वास्थ्यकर्मीलाई इमान्दारिपूर्वक सेवा प्रवाह गर्न आग्रह गरिन् । त्यस्तै कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले कोभिडलाई पराजित गरी समाज र संसारबाटै बिदाई गर्ने बताउँदै अस्पताललाई भने मानव सेवामा समर्पित हुने गरी टिकाइ राख्ने बताए ।

उनले अहिलेकै पूर्वाधारलाई संरक्षण गर्दै सदुपयोग गर्दै स्वास्थ्य क्षेत्रको प्रभावकारीताका लागि सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । गिरीले अस्पताललाई निरन्तर रुपमा टिकाइराख्नका लागि बिस्तारै पूर्वाधार र जनशक्तिसमेत परिपूर्ति गर्दै संस्थागत गर्ने प्रतिबद्धता जनाए ।

उद्घाटन कार्यक्रममा कोसी–३ का वडाध्यक्ष सुलेमान मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोसी–१ का वडाध्यक्ष राजकुमार साह, स्वास्थ्यकर्मी आशा मेहता, स्वास्थ्य शाखा प्रमुख जमिल अख्तर, वडा सचिव रुद्रनारायण मेहता लगायतको सहभागिता रहेको थियो ।

Tags: अस्पतालको उद्घाटनकोसी गाउँपालिकाकोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीसुनसरी
Share26Tweet16SendScan
Previous Post

कविता : रातोडायरी

Next Post

भारतिय रुपैया सहित १ जना पक्राउ

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post

भारतिय रुपैया सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, मंसिर १, २०८२
Sun, November 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In