Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

कविता : रातोडायरी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १३, २०७७
in साहित्य
कविता :  रातोडायरी
57
SHARES
Share on FacebookShare on Twitter

शब्दको नाता कस्तो हुन्छ?
भावको शक्ति कति हुन्छ?
समान विचार अनि मनको मिलन
त्यहाँबाट सिर्जित एउटा मिठो
अञ्जान सम्बन्धको अनुभूति १
शब्द भेटले जुरेको यो परिचय
सोचाई भन्दा फरक छ
रत अदितीय विश्वास रह्यो
कुन तत्त्वले जुराउँछ होला ?

तिमीलाई नै सोध्छु
अपवादमा तिमी हुनुको रहस्य
के तिमीलाई थाहा छ?
मन पढ्न सकेरै त हो
यति धेरै आशक्ति भएरै होला
मिठो अविस्मरणिय भेट हुनु
केही पल तिमीसँग व्यतित गर्नु
संयोग मात्र त पक्कै नहोला
तिमीलाई थाहा छ?
तिमी बोलीले रुखो भए नि
मिठा सताइको खानीजस्तै छौ
तिम्रा ती कथाहरुमा
उत्साहको चमक जस्तै
जब तिमी मुस्कुराउँछौ
लाग्छ,
हिमाल खुलेको जस्तो
अँधेरीमा चकमन्न उजेली
माया अनि विश्वास हुनु
कुन कारण हो खै ?

तिमीलाई थाहा छ
तिमीसँगको भेटपछि
बोलेपछि, हेरेपछि
म मैजस्तो रहिनँ सायद
तिम्रा ती कथाका पात्र बन्दै गएँ
कविताका हरफ बन्दै गएँ
के तिमीलाई त्यस्तो लागेन
तिम्रो लेखाईको शब्द बन्दै गएँ
हरेक शब्द अनि भावभित्र
बिस्तारै समाहित हुँदै
म आफ्नो छायाँ तिमीभित्र खोज्दै गएँ
र त अलिअलि गर्दै लय कोर्दै गएँ
आफैँमा सीमित म,
तिमी सामु मन खोल्दै गएँ
ओठमा मुस्कान थप्दै गएँ
तिम्रा पदचाप पछ्याउन थालेँ

तिमीत भन्थ्यौ नि
नक्कली, कति नक्कल गर्न जानेकी !
साँच्ची ! आजकल माहोल नै यस्तै पो छ त !
तिम्रा मायालु शब्दहरुमा आफैँ भेट्छु
लयमा, तालमा आफ्नै विम्ब देख्छु
तिमी त भन्थ्यौ नि
मेरा आँखा पढ्न अनि बुझ्न सक्छौ भनेर
के साँच्चै, तिमीले मलाई पढ्न सक्यौ

के साँच्चै, तिमीले मलाई पढ्न सक्यौ
तिमी त अनगिन्ती किताब पढ्ने मान्छे पो !

तिमी भन्थ्यौ
मास्तिर हिँड्न नछाड्नु
उकालो नचढी
टाकुरामा पुग्न सकिन्न
त्यही पथमा उडान भर्दैछु
आफ्नै पाइतलाका सुस्केरा सुन्दै
तिमी त मन पढ्न सक्ने मान्छे पो त !
यी आँखाहरुमा हेर न गहिरिएर है
रहर खुशीहरु सल्बलाएका छन्
तिमीसँग छुट्टिने बेला गह भरिएर आउँदा
तब महसुस गरेँ
तिमीसँगको आफ्नोपन माया
समय बित्दै जान्छ
तर,
अँह तिमीसँगको भाव उस्तै उही नै
शब्द भावको नाता कस्तो हुन्छ ?
एक हेराई अनि बोलाईको साथ
कति मजबुत हुन्छ ?
के तिमीले महसुस गर्यौ?

तिमी त प्रायः यात्रा गर्ने मान्छे
जीवनका विविध पाटो पहिल्याउन सक्छौ
एक यात्रा त तिमीसँगै गरुँझैँ लाग्छ
के तिमीलाई त्यस्तो लाग्दैन ?
आखिर जीवन यात्रा न हो
मेरो मन बिछ्याएकी छु निसङ्कोच
तिमीले दिएको रातो डायरीमा
तिमी लेदेखाएका मुटुका लिपि कोर्दैछु
रातो रङ पनि त सूचक हो नि
हरेक हरफमा तिम्रो सम्झनासहित
तिम्रो त्यो मायालु मुस्कान
तिम्रा स्पर्शका मनोभाव छन्
स्मृतिका ती पानाहरुमा
शब्द मात्र छैनन्
मेरा अदृश्य पाटाहरु छन्
मेरो मन छताछुल्ल पोखिएको छ
कच्ची ती पानाहरुको पहिलो पाठक
तिमी बनौझैं लाग्छ
के तिमीलाई त्यस्तो लाग्दैन?
नलागे नि गुनासो चाहिँ छैन ल
जीवन सधैँ सोचे जस्तो त कहाँ हुनु र?

साँच्ची तिमीलाई त्यस्तो लाग्दैन ?
फिर्दै आउने माया भन्दा फरक
अन्जान तर आत्मीय
तिमीसँगको सामीप्य
रोक्न सक्ने भए त्यो पल
त्यो पहिलो समयलाई रोक्ने थिएँ
त्यस्तै न्यानो त्यस्तै प्रदिप्तता
त्यस्तै त्यस्तै मीठो आहा !
रातो डायरीका रङ्गीन भावहरु ।

लेखक : रस्मिला कवाङ “रश्मि”

Share23Tweet14SendScan
Previous Post

फुटबलमा राष्ट्रिय महिला लिगले देखाएको सम्भावना

Next Post

कोसीमा कोभिड अस्पतालको उद्घाटन

Related Posts

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

by सुनसरी अनलाइन
अशोज ३, २०८०
0

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको...

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न
FEATURE

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

by सुनसरी अनलाइन
भदौ २४, २०८०
0

इनरुवा । महामानव बिशेश्वर प्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा कवि कोष्ठी सम्पन्न भएको छ । नेपाली...

प्रधानमन्त्री रोजगार कार्यक्रमबारे मेरो बुझाइ

प्रधानमन्त्री रोजगार कार्यक्रमबारे मेरो बुझाइ

साउन १२, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
एक महिने नेपाली साङ्केतिक भाषा तालिम

एक महिने नेपाली साङ्केतिक भाषा तालिम

चैत्र १८, २०७९
“घमन्डी प्रेम”

“घमन्डी प्रेम”

साउन १३, २०७९
Next Post
कोसीमा कोभिड अस्पतालको उद्घाटन

कोसीमा कोभिड अस्पतालको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी
FEATURE

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार विहान १ बजे सकिएको पदाधिकारीतर्फको मतगणनाको...

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In