Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नेपालमै पहिलो पटक ‘सफ्ट क्याडेभर’को तयारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २०, २०७७
in समाचार
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नेपालमै पहिलो पटक ‘सफ्ट क्याडेभर’को तयारी
29
SHARES
Share on FacebookShare on Twitter

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रयोग हुने सफ्ट क्याडेभर (मृत शरीर) को तयारी नेपालमै पहिलो पटक थालिएको छ ।

आज प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा. डा. गुरु प्रसाद खनालको उपस्थितिमा एनाटमी विभागका एसोसिएट प्रोफेसर डा. प्रभाकर यादवले प्रतिष्ठानमा सफ्ट क्याडेभरको सम्भावनाको प्रदर्शन गरेका थिए ।

नेपालमा यसअघि फ्रेस तथा ड्राइ क्याडेभरको प्रयोग मात्र हुने भएकोमा प्रतिष्ठानले सफ्ट क्याडेभरको सम्भावनाको खोजी गरेकोमा सफलता मिलेको उनले बताए । ’ उनले भने, ‘ड्राइ क्याडेभरमा फर्मालिन भन्ने केमिकलको मात्रा अधिक रूपमा प्रयोग हुने भएकाले त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्ने गर्छ ।

वीपी प्रतिष्ठानमा तयारी गरिएको सफ्ट क्याडेभरमा स्याचुरेटेड स्लट सोलुसन प्रयोग हुने र फर्मालिनको मात्रा एकदमै न्युन हुने भएकाले आँखा पोल्ने, श्वास प्रश्वासमा समस्या हुने लगायतको समस्या हुँदैन ।’ सफ्ट क्याडेभर कोठाको तापमान (Room temperature) मा नै भण्डारण गर्न सकिने भएकाले भण्डारण गर्न अन्य महँगा र अत्याधुनिक उपकरणहरूको आवश्यकता नपर्ने र यसले भण्डारण खर्च घटाउने डा. यादवले दाबी गरे ।

आजको २१ औ शताब्दीमा नयाँ प्रविधिसँग सँगै नयाँ सर्किजल उपायहरूको विकास भइरहेको छ । नयाँ र अनुभवी सर्जनहरूलाई समेत सर्किजल तालिमको आवश्यकता महसुस भएको छ । वीपी प्रतिष्ठानमा सफ्ट क्याडेभरको तयारी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएकोले नेपाल लगायत अन्य राष्ट्रहरूका सर्जनहरूलाई प्रशिक्षणको लागी निम्त्याएर प्रतिष्ठानको आम्दानीमा वृद्धि गर्न सकिनेछ । साथै यसको प्रयोग एमबिबिएस र पोस्ट ग्राजुएटका विद्यार्थीको अध्ययनको लागी प्रयोग गर्न सकिने डा. यादवले बताए ।

‘संसारमा नै सफ्ट क्याडेभरमा सर्जरी प्रशिक्षणको लागी महँगो शुल्क तिर्नुपर्ने हुन्छ । प्रतिष्ठानमा नै उपलब्ध हुने भएपछि सर्किजल ट्रेनिङका लागी अन्य ठाउँका सर्जनहरूबाट शुल्क लिएर प्रशिक्षण दिई आम्दानी गर्न सकिनेछ उनले भने ।

सफ्ट तथा ड्राइ क्याडेभरको बिचमा हुने फरकको विषयमा अर्थोपेडिक विभागका एसोसिएट प्रोफेसर डा. विष्णु पोखरेलले प्रत्यक्ष (Dissection) चिरफार गरेर देखाएका थिए । उनले भने, ‘सफ्ट क्याडेभर चिरेर हेर्दा अपरेशन थिएटरमा जीवित व्यक्तिको सर्जरी गरे जस्तै हुने, जोर्नीहरू चलायमान हुनाले जटिल शल्यक्रिया गर्नु पूर्व सफ्ट क्याडेभरमा शल्यक्रियाको अभ्यास गरी बिरामीमा शल्यक्रिया गर्दा त्रुटि हुने सम्भावना न्युन हुन्छ ।’

नेपालको मेडिकल क्षेत्रमा सफ्ट क्याडेभरको प्रयोग ऐतिहासिक कार्य हुने प्रतिष्ठानका उपकुलपति प्रा. डा. गिरीले बताए । यसलाई तत्काल प्रयोगमा ल्याउनका लागी एनाटमि विभागसँग छलफल गरी कार्य अगाडी बढाउने समेत उनले प्रतिबद्धता जनाए ।

Share12Tweet7SendScan
Previous Post

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

Next Post

सुनसरीबाट प्रजिअ पोखरेलको बिदाई

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरीबाट प्रजिअ पोखरेलको बिदाई

सुनसरीबाट प्रजिअ पोखरेलको बिदाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In