Saturday, April 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

१७ सयभन्दा धेरै कोरोना संक्रमितको शव किमोटेरियममा दाह

दाउराबाट दैनिक ३० शव जलाइँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २२, २०७७
in समाचार
१७ सयभन्दा धेरै कोरोना संक्रमितको शव किमोटेरियममा दाह
46
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोना महामारी शुरू भएसँगै पशुपति आर्यघाटमा शवदाह घट्यो।साविक अवस्थामा दैनिक ३० वटा शव जलाइने गरिएको यहाँका घाट र विद्युतीय शवदाह गृह (किमोटेरियम) मा महामारी शुरू भएसँगै शव ल्याउन निकै कम भएको थियो।

सबैतिर लकडाउनको प्रभावले मृत्यु संख्यामा कमी आएको भनेर चर्चा भएको र सडक दुर्घटनामा समेत कमी आएकाले भएकोले मृत्युदर घटेको सरोकार निकायले जानकारी दिएका थिए।

महामारी मत्थर हुँदै गएपछि पछिल्लो समय अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ। लकडाउनको समयमा परीक्षण र उपचार गर्न नपाएकाहरू अहिले अस्पताल पुग्न सकेका छन्‌।

​काठमाडौं उपत्यकाका विभिन्न अस्पतालका अनुसार अस्पतालमै मृत्यु हुनेको संख्या अहिले बढिरहेको छ। पशुपति आर्यघाटमा पनि दैनिकजसो अस्पतालमा मृत्यु भएका करिब ५ वटा शव दाह गर्न ल्याउने गरिएको छ।

मुलुकभर लकडाउन खुलेसँगै पशुपति आर्यघाटमा शव अन्त्येष्टि गर्न आउनेको संख्या बढ्दै गएको हो। फागुन महिना लागेपछि दैनिक ३० वटा शव जलाउन ल्याउने गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोरोना संक्रमण बढेसँगै नेपालमा लकडाउन भएको थियो। सो समयमा भने मृत्युदर कमी भएकोले आर्यघाटमा शवको संख्यामा कमी आएको थियो। पछिल्लो ८ महिनामा करिब ६ हजार शवको अन्त्येष्टि भएको विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।

संक्रमितको शव किमोटेरियममा दाह

कोरोना संक्रमितको शव विद्युतीय शवदाह गृहमा जलाउने गरिएको छ। अहिलेसम्म १७ सयभन्दा धेरै कोरोना संक्रमितको शव घाटमा जलाइएको छ।

संक्रमणबाट मृत्यु भएकाहरूको शव विद्युतीय मेसिनबाट अन्त्येष्टि गर्ने र अन्य कारणले मृत्यु भएकाको शव घाटमै जलाउने क्रम बढिरहेको कोषका निर्देशक डा. खतिवडाले जानकारी दिए।

आर्यघाटमा फागुन १२ गते ४८ वटा शवको अन्त्येष्टि गरिएको थियो। गर्मी मौसममा भन्दा जाडो मौसममा शव अन्त्येष्टि बढ्ने गरेको विकास कोष अन्तर्गत घाट शाखाका एक कर्मचारीले बताए।

विद्युतीय शवदाह गृहमा हालसम्म १७ सय ६ संक्रमितको शव अन्त्येष्टि गरिएको छ। नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार  दाउरामा नजलाउन भनिएकाले संक्रमितको शव अन्त्येष्टि गर्न विकास कोषले जेठ महिनादेखि उक्त स्थान उपलब्ध गराउँदै आएको छ।

यस्तो छ शुल्क

घाटमा शव दर्ता शुल्क २ सय रुपैयाँ लाग्छ।

यस्तै, वातावरण शुल्कबापत भष्मेश्वर चिता १ नम्बर देखि १० सम्म १ हजार, आर्यघाट चिता नम्बर १ र २ मा ५ हजार र चपरी खन्ने शुल्क ४ सय रुपैयाँ लाग्छ।

बच्चा १० वर्ष सम्मको शवदाह शुल्क ७ सय र खाडल खन्ने सेवा शुल्क ७ सय रुपैयाँ लाग्छ। कोषले ठूला सन्न्यासी र दशनामीको शव अन्त्येष्टि गर्न खाडल खन्ने शुल्क १२ सय रुपैयाँ लिने गरेको छ।

कामपा ७,८ र ९ भित्रबाट शव बोकेर ल्याई शवदाह गर्नेलाई १५ सय, घाटदेखि ५ किलोमिटर टाढाबाट शव ल्याई अन्त्येष्टि गर्ने कामदारलाई १८ सय, ५ किलोमिटरभन्दा बाहिरबाट शव बोकेर ल्याई अन्त्येष्टि गर्नेलाई २ हजार र शव वाहनमा सहयोगी सेवा शुल्क १५ सय रुपैयाँ तोकिएको छ।

घाट शाखाका अनुसार शव जलाउने व्यक्तिलाई ज्याला १५ सय र दाउरा बोक्नेलाई ६ सय रुपैयाँ दिने गरिएको छ।

श्रोत :  थाहा खबर

Share18Tweet12SendScan
Previous Post

‘कृष्ण लीला’को ‘डियर बन्न मन छ’मा पुष्प र श्रद्धाको छमछमी

Next Post

भोक्राहा नरसिंहको नवौं गाउँसभा सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
भोक्राहा नरसिंहको नवौं गाउँसभा सम्पन्न

भोक्राहा नरसिंहको नवौं गाउँसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In