लौकही । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले महिलालाई आत्मनिर्भर बनाउन कटिबद्ध रहेको बताएका छन् ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोशी गाउँपालीकाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सो कुरा बताएका हुन ।
एकल महिला र जेष्ठ नागरिकका साथै कोशी गाउँपालीका क्षेत्रका महिलाको उत्थान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउनका निम्ति उल्लेखनीय काम गर्दै आएको उनको भनाइ छ ।
सयौंको संख्यामा उपस्थित भएकी महिलालाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले भने हामी संविधानले महिला दिदीबहिनीलाई प्रदान गरेको हकअधिकारी कार्यान्वयन गराउन सफल भएका छौं । निर्वाचित भएर आएदेखि समग्र कोशी गाउँपालीका विकासमा उल्लेखनीय काम भएको उनको दाबी छ ।
यसैबीच अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एकल महिला र जेष्ठ नागरिक सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोशी गाउँपालीकाले आठओटै वडाका एकल महिला र जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
लौकहीमा सोमबार आयोजित कार्यक्रमका बीच कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादव र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीलगायतले उनीहरूलाई सम्मान गरेका थिए ।
एकल महिला र जेष्ठ नागरिक गरी प्रत्येक वडाबाट पाँच पाँचजनाका साथै महिला अधिकारका विषयमा वकालत गर्ने सरोकारवालाहरुलाई सम्मान गरिएको कोशी गाउँपालीकाकी रित्ताराणा मगरले जानकारी दिइन् ।
एकल महिला र जेष्ठ नागरिकलाई साडी,दोसल्ला र माया चिनो दिएर सम्मान गरिएको थियो । गाउँपालीकाकी उपाध्यक्ष अनिता यादवको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरि, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनारायण यादव,नेपाली काङ्ग्रेसका नेता सदानन्न मण्डल, सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डे,नेपाल प्रेस युनियन सुनसरीका कोषाध्यक्ष मिकाइल आलम,धर्मेन्द्र विश्वास, आशाकुमारी मेहतालगायतले बोलेका थिए भने कार्यक्रम रित्ताराणा मगर संचालन गरेकी थिइन् ।