भण्टाबारी । सुनसरीको कोसी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ४९ केजी गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट इन्स्पेक्टर भुवन खड्का नेतृत्वमा खटिएको टोलीले मंगलबार साँझ परिणामको गाँजा बरामद गरेको हो । कोसी गाउँपालिका–८ स्थित कोसीको बगरबाट भारततर्फ तस्करी गराउने उद्देश्य राखिएको गाँजा बरामद गरेको इन्स्पेक्टर खड्काले जानकारी दिए । तस्करी गराइने उद्देश्यले राखिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरे पनि तस्कर पक्राउ परेको छैन । जिल्लाका विभिन्न सीमानाका हुँदै भारततर्फ गाँजा तस्करी हुँदै आएको पाइन्छ ।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












