इनरुवा । सुनसरीको इनरुवामा स्वर्गीय प्रेम मुखियाको सान्तावना स्मृतिसभा सम्पन्न भएको छ । इनरुवाका प्रतापमल्ल मुखिया (पीएल)का स्वर्गीय बुबा प्रेम मुखियाको सान्तावना स्मृतिसभा कार्यक्रममा उनले पुर्याएको योगदानको चर्चा गरिएको थियो ।
स्मृतिसभामा स्वर्गीय प्रेम मुखिया स्मृति फाउन्डेसन निर्माणसमेत गरेका छन् । फाउन्डेसनको नाममा स्वर्गीय प्रेम मुखियाका छोरा प्रतापमल्ल मुखियाले (पीएल) ६ कठ्ठा जग्गादान गरेका छन् । सो कार्यक्रममा पीएल मुखियाले बुबाको नाममा स्थापना भएको फाउन्डेसनको नाममा निःशुल्क जग्गादान गरिएको बताए ।
फाउन्डेसनको केन्द्रीय कार्यालय इनरुवामा हुने जानकारी गराउँदै मुखियाले फाउन्डेसनबाट ऐम्बुलेन्स र शववाहन सञ्चालन गर्ने भएका छन् । केही महिनाभित्र फाउन्डेसनबाट नै इनरुवामा ऐम्बुलेन्स र शववाहन खरिद गरी सञ्चालन गर्ने योजना गरेको मुखियाले बताएका छन् ।
स्मृतिसभा कार्यक्रममा प्रवक्ता एनसीएफका सहसचिव हिमाल जोसेफ राई, इसाई समाज १ नम्बर प्रदेशका अध्यक्ष वर्णवास बिक्रम लिम्बू, पूर्व उर्जामन्त्री सत्यनारायण भगत, वैद्यनाथ सहनी, ज्ञानदेव पण्डित, सीएन पाठक र प्रविण मुखियाले धारणा व्यक्त गरेका थिए ।