इनरुवा । नेपाली कांग्रेस सुनसरीले सोमवार सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई बराहक्षेत्र नगरपालिका–१ का वडाध्यक्ष सुरेश श्रेष्ठलाई बिना कारण नियन्त्रण लिएको विषयमा ध्यानाकर्षण गराएको छ ।
गत बिहिवार दुई तर्फ बिच भएको असमझदारी मिलाउन सहकार्य गर्न इलाका प्रहरी कार्यलय महेन्द्रनगर चक्रघट्टि पुगेका बराहक्षेत्र नगरपालिका–१ का वडाध्यक्ष सुरेश श्रेष्ठलाई प्रहरी प्रशासनले बिना कारण ६ घण्टा नियन्त्रण लिएको बिषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकाललाई सुनसरी कांग्रेसले ध्यानाकर्षण गराएको हो ।
नेपाली कांग्रेस सुनसरीको आइतबार बसेको बैठकको निर्णय बमोजिम सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको कार्यकक्षमा नेपाली कांग्रेस सुनसरी सभापति एवं १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता राजीब कोइराला सहितको टोलीले सोमवार पुगेर घटनाको बारेमा ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका बराहक्षेत्र नगरपालिका–१ का वडाध्यक्ष श्रेष्ठलाई बिना कारण फागुन २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा नियन्त्रण लिएको बिरुद्धमाम कांग्रेसले घोर भत्र्सना गरेको छ ।
सुनसरी कांग्रेसका सभापति कोइरालाको नेतृत्वको टोलीमा वराहक्षेत्र सभापति नारायण नेपाल , जिल्ला सदस्य दिपेशजंग बस्नेत , सचिव केदार भण्डारी , लगायतकाले प्रहरीले गरेको ज्यादतिको बिरुद प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको थियो ।
यसैबीच आफ्नो पार्टिबाट निर्वाचित वराहक्षेत्र नगरपालिकाकै लोकप्रिय वडाध्यक्ष सुरेश श्रेष्ठलाई राजनैतिक कारणले फसाउन खोजेको भन्दै नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ प्रदेश सभा १ समितिले आपति जनाएको छ ।
राजनीति प्रतिसोध राखेर बिना कारण नियन्त्रणमा लिएको भन्दै नेपाली कांग्रेस क्षेत्रिय समितिले भत्र्सना सहित खेद प्रकट गरेको छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका वडाध्यक्ष श्रेष्ठलाई बिना कारण प्रहरी प्रशासनद्वारा गरिएको धरपकडप्रती घोर आपत्ती र भत्र्सना गरेको क्षेत्रिय सभापति उपेन्द्रबहादुर कट्बालले बताए । सभापति कट्बालले नेपाली कांग्रेसका नेताहरुलाई बदनाम गराउन सरकारले प्रशासन प्रयोग गर्न थालेकोले यस्तो कार्यको बिरुद्ध कांग्रेस एक भएर सामाना गर्नु पर्ने बताए ।