Thursday, June 12, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस सत्ता भन्दा संविधान रक्षाको पक्षमा:कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
कांग्रेस सत्ता भन्दा संविधान रक्षाको पक्षमा:कार्की
58
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसको प्राथमिकता सरकार नभई संविधानको रक्षा र संरक्षण रहेको बताएका छन् ।

सुनसरीको इटहरीमा नेपाल पत्रकार महासंघ सुनसरीको पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै कार्कीले देश संकटपूर्ण अवस्थामा रहेको र राजनीतिक अस्थिरता सिर्जना भएकाले सरकार भन्दा संविधानको रक्षा पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

उनले देशमा दुई तिहाईको सरकार र नेतृत्वकर्ता दलको कारण देशमा अस्थिरता सिर्जना भएको र राजनीतिक संकट समेत सिर्जना भएकाले संविधान धरापमा पर्ने आशंका उत्पन्न भएकाले नेपाली कांग्रेस सत्ता भन्दा संविधान रक्षाको पक्षमा रहेको बताए ।

सुनसरी क्षेत्र नम्बर ४ का सांसद् समेत रहेका कार्कीले अहिले नेपाली कांग्रेस हतार गरेर सरकारमा जानु भन्दा नेपाली जनताको बलिदानीबाट प्राप्त संविधानको रक्षा र नेपाली जनताको भावनाको कदर गर्ने पक्षमा रहेको स्पष्ट पारें ।

उनले अहिले २०५१ सालको जस्तो अवस्था नरहेको र गणतन्त्र प्राप्त गर्न नेपाली कांग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेकाले सरकार भन्दा गणतन्त्र र संविधानको रक्षा गर्नुपर्ने आवश्यक रहेको बताए ।

उनले नेपाली कांग्रेस गणतन्त्र र संघीयताको रक्षा सहित संविधानको संरक्षण गर्ने सहित जनतालाई सेवा सुविधा प्रवाह गर्ने पक्षमा रहेकाले कोही कसैलाई दुविधामा पर्न नहुने बताए ।

उनले देशमा जब जब संकट आउछ तब तब नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ , त्यसैले अहिले तछाड मछाड गरेर सरकारमा जानका लागि मात्रै सरकारमा नभई देशको अन्योलता र अस्थिरताको अन्त्यका लागि आवश्यक परे सहजीकरण गर्ने समेत बताए ।

उनले कांग्रेस जहिले पनि संकटको बेला निर्णायक भूमिका निर्वाह गर्दै आएकोले अहिले पनि त्यस्तो अवस्था आए कांग्रेसले आफनो जिम्मेवारी निर्वाह गर्ने टिप्पणी गरें । सांसद् कार्कीले जनता भगवान भएकाले उसलाई रिसाएर र दुःख दिएर कुनै फल नपाउने भएकाले जनतालाई सिधा सरल र सुलभ सेवा तथा सुविधा दिनका लागि पार्टी तयार रहेको बताए । उनले सरकार भनेको सेवा गर्ने संस्था भएकोले जनताको सेवा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा काम गर्नुपर्ने हो तर त्यसो नगरेका कारण संकट उत्पन्न भएको बताए ।

उनले संविधानको सर्वोच्चता, पूर्ण प्रेस स्वतन्त्रता, नागरिक अधिकारको रक्षाको पक्षमा पार्टी रहेको बताउँदै भदौमा हुन लागेकोे १४ औं महाधिवेशनलाई सम्पन्न गरेर लोकतान्त्रिक संगठनलाई बलियो बनाउन एकजुट भएर समृद्धिका बाटोका निम्ति अगाडि बढ्ने समेत बताए ।

कार्कीले कांग्रेस जहिले पनि तरल अवस्थाको समेत निकासका लागि निर्णायक भूमिकामा रहने बताए । उनले दुई तिहाईको सरकारले देश र संविधानलाई समेत दुरुपयोग गरेकाले त्यसका विरुद्धमा पत्रकारले कलम चलाउनु पर्ने र पत्रकारहरुको जमघटबाट समस्या समाधानका लागि निरन्तर खबरदारी आवश्यक रहेको बताए ।

यसैबीच सोही कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउनुुपर्ने आवश्यकता रहेको बताए ।

झाले पत्रकारितालाई जीवनयापन र समाजसेवाका रुपमा लिन जरुरी रहेको बताउँदै पूर्व अर्थमन्त्री कार्कीलाई नीतिगत व्यवस्था कांग्रेसकै पालामा भएपनि कार्यान्वयनको अवस्था फितलो रहेकाले त्यसमा थप सुधार सहित काम गर्न आग्रह गरेका थिए ।

झाले पत्रकारिताको क्षेत्रमा पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको नाममा विकास पत्रकारिता पुरस्कारले समेत एउटा इटा थप्ने काम भएको बताए । उनले सो कार्यका लागि पूर्व अर्थमन्त्री कार्कीले गर्नुभएको योगदान प्रशंसा योग्य रहेको बताए ।

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष अमर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार सुविद गुरागाई, गोपाल देवान, जयकृष्ण यादव, शालिग्राम पाण्डे, लिलाराज भट्टराई,धुव्र ढकाल, महासंघ सनुसरीका पूर्व अध्यक्ष कृष्णविनोद लम्साल, पूर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाम्फे लगायतकाले आफना धारण राखेका थिए ।

Tags: कांग्रेस सत्तानेपाली कांग्रेसपूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीराजनीतिक संकटसंविधान रक्षा
Share23Tweet15SendScan
Previous Post

नगर विकासका लागि सबैलाई सहयोग गर्न मेयरको आग्रह

Next Post

कांग्रेसद्वारा सिडिओको ध्यानाकर्षण

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
कांग्रेसद्वारा सिडिओको ध्यानाकर्षण

कांग्रेसद्वारा सिडिओको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ ३०, २०८२
Thu, June 12, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In