सुनसरी । सुनसरी धरान-५ देउरालीका ३५ बर्षीय किशोर बि।क।को सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार राती ८ बजे धरान -१५ श्यामचौंक स्थितमा को१ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सिटी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।