झापा । झापा मेचिनगर नगरपालिका १५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित २ जना भारतियलाई पक्राउ गरिएको छ । आज दिउसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई लागूऔषधी ब्राउन सुगर १५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












