Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा अस्पताल सुधार्न बनेको संघर्ष समिति नै विवादमा

समितिका पदाधिकारीहरुद्वारा संयोजकमाथि नै आरोप

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ३, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
इनरुवा अस्पताल सुधार्न बनेको संघर्ष समिति नै विवादमा
121
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । अस्पताल सुधार संघर्ष समिति इनरुवा सुनसरीको नाममा चार महिनाअघि गठन भएको समितिमा विवाद उत्पन्न भएको छ । संघर्ष समितिका संयोजक दिलिपचन साहुले सुशासन अभियानअन्तर्गत काम गर्ने प्रतिबद्धता जनाएर गुमराहमा पारी चार महिना नपुग्दै आफ्नो विवादस्पद कार्यशैली देखाएपछि विवाद उत्पन्न भएको हो ।

समितिको संयोजक साहुले पूर्ण रुपमा स्वतन्त्र र नागरिक समाजको दवाव र खबरदारी समूह जस्तो हुने आश्वासन दिए पनि कार्यशैलीमा आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि नगरबासी र समितिका सदस्यलाई समेत गुमराहमा पारेको खुलेपछि समितिमा विवादमा उत्पन्न भएको हो ।

समितिका प्रवक्तासमेत रहेका शंकर सापकोटाले आफूहरु इनरुवा नगरको विकास र सुशासन तथा इनरुवा अस्पताल सुधार गर्ने प्रयासस्वरुप समिति निर्माण गरेपनि संयोजक साहुले राजनीति गन्ध प्रवेश गराएर व्यक्ति स्वार्थपूर्तिका लागि सक्रिय भएपछि आफूहरु सशंकित बनेको आरोप लगाएका छन् ।

उनले समितिलाई जुन उद्धेश्य प्राप्तिका लागि गठन गरी परिचालन गरिएको थियो, त्यसमा संयोजकले विवादस्पद र पार्टीगत गतिविधि छिराएकाले समितिमा व्यक्तिगत स्वार्थका लागि आएको प्रष्ट भएको आरोप लगाए ।

सापकोटाले समितिको उद्धेश्य र एजेन्डा जायज भए पनि कार्यान्वयन गर्ने समितिका संयोजक साहु आफै आफ्नो निकटको पार्टीसँगको गतिविधिसमेत समानान्तर रुपमा चलाएको बाहिर गुनासो आएकाले त्यसबारे स्पष्ट पार्न र आन्दोलनको क्रममा गिरफ्तारीको बेला जनता समाजवादी पार्टी नेपाल सुनसरीले प्रेस विज्ञप्ति जारी गरेको घटनामा खण्डन गर्न भन्दा अटेरी गरेको कारण समितिमा विवाद उत्पन्न भएको खुलासा गरे ।

सापकोटोले समिति निर्माण र १० वटै वडामा वडा संघर्ष समितिम गठन हुदाँसम्म राम्रै अवस्था रहे पनि माघको अन्तिम सत्ता र फागुनमा भएको बृहत अन्तरक्रिया कार्यक्रमसम्म केही मात्रामा स्वार्थ र राजनीतिक जोडिएर आएपछि त्यसबारेमा प्रश्न उठाउँदा साहु अस्पष्ट भएको समेत उनको आरोप छ ।

उनले अभियान राम्रो भए पनि स्वार्थीहरुको व्यक्तिगत स्वार्थले केही विवाद उत्पन्न भएपनि आफूहरुको जनहित अभियान भने जारी रहने स्पष्ट पारें । सापकोटालाले आफू समितिको प्रवक्ता रहे पनि प्रवक्ताको काम गर्ने वातावरण नदिएको र समितिले गरेको निर्णय बाहिर गएर संयोजकले आफ्नो इसारामा संघर्ष समितिलाई डो¥याउन खोजेकोप्रति समितिको ध्यानाकर्षण भएकोसमेत बताए ।

अस्पताल संघर्ष समितिका अर्का सचिवालय सदस्य ज्ञानदेव पण्डितले समितिका संयोजक साहुले आफ्नो भाषणका क्रममा केही तथ्यहिन र व्यक्तिगत स्वार्थपूर्तिका लागि आफ्नो मन्तव्य राखेकोमा आपत्ति जनाएका छन् ।
इनरुवामा हालै सम्पन्न भएको संघर्ष समितिको कार्यक्रममा संघीय सांसद, इनरुवा नगरप्रमुख र अन्य केही सरोकारवालाको व्यक्तिगत नाम जोडेर अफवाह र भ्रमात्मक कुरा गरेकाले त्यसबाट समितिको समेत साखमाथि प्रश्न उठाएकाले साहुलाई त्यसबारेमा स्पष्टीकरण दिन आग्रहसमेत गरे ।

पण्डितले जिम्मेवार व्यक्तिले जिम्मेवार अभिव्यक्ति दिनुपर्नेमा व्यक्ति स्वार्थ सिद्धिका लागि भाषण गरेकाले त्यसप्रति आपत्ति जनाउँदै साहुले संस्थागत रुपमै आत्म आलोचित हुनुपर्ने बताए ।

उनका अनुसार संयोजक साहुको कार्यशैलीले समितिलाई मजबुत बनाउनेभन्दा कमजोर पार्ने र लक्ष्य प्राप्ति गर्नुभन्दा लथालिङ्ग पार्नेखालको भएकाले समिति दीर्घकालीन हुन नसक्ने अवस्थामा पुगेको दाबी गरे । समितिको माग मुद्दाहरु सम्बोधनभन्दा साहुको कार्यशैलीले बीचैमा तुहिने सम्भावना बढेर गएको पण्डितको टिप्पणी रहेको छ ।

यसअघि नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिले संयोजक साहुको अभिव्यक्तिप्रति आपति जनाइसकेको छ ।

Tags: इनरुवा अस्पतालइनरुवा अस्पताल सुधारसंघर्ष समिति नै विवादमा
Share48Tweet30SendScan
Previous Post

प्रदेश स्तरीय लोककला सम्पन्न

Next Post

धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ

धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In