Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

अमेरिकी रक्षामन्त्रीको भारत भ्रमण : स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ७, २०७७
in विश्व
अमेरिकी रक्षामन्त्रीको भारत भ्रमण : स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड
44
SHARES
Share on FacebookShare on Twitter

नयाँ दिल्ली — भारत र अमेरिकाले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रमा जोड दिएका छन् । भारत भ्रमणमा रहेका अमेरिकाका रक्षामन्त्री लायड अस्टिन र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीचको भेटमा दुवै पक्षले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड दिएका हुन् । अस्टिन र सिंहबीच सैन्य र रक्षा साझेदारीलाई थप फराकिलो गर्दै जाने समझदारी पनि बनेको छ ।

तीन दिने भारत भ्रमणका क्रममा दोस्रो दिन शनिबार अस्टिन र भारतीय समकक्षी सिंहबीच एक घन्टा लामो भेटवार्ता भएको थियो । दुई देशका उच्च अधिकारीसहितको उक्त भेट विशेषगरी सैन्य साझेदारी विस्तार र हिन्द–प्रशान्त रणनीति, सैन्य साझेदारी र चीनका विषयमा केन्द्रित रहेको बताइएको छ । ‘बैठक निकै बृहत् र उपलब्धिमूलक भयो ।
बैठक विशेषगरी सैन्य साझेदारीमा केन्द्रित रह्यो । बहुपक्षीय अभ्यासहरुको समीक्षा भयो । साथै भारतीय सेना र अमेरिकी सेनाको इन्डो–प्याासिफिक कमाण्ड, सेन्ट्रल कमाण्ड र अफ्रिका कमाण्डबीच साझेदारी बढाउने सहमति पनि भयो’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय रक्षामन्त्री सिंहले भने ।

त्यसैगरी भारत–अमेरिका बृहत् विश्वव्यापी रणनीतिक साझेदारीलाई पूर्ण कार्यान्वयनमा लैजान पनि दुवै पक्षले प्रतिबद्धता गरेको सिंहले बताएका छन् । भारत र अमेरिकाले गत वर्ष बृहत् विश्वव्यापी रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । बैठक दुई देशबीचका लेमोआ, कोमकासा, बेकालगायत सैन्य सम्झौताको कार्यान्वयनमा समेत केन्द्रित भएको सिंहले जानकारी दिएका छन् । साथै उनले अघिल्लो साता सम्पन्न भारत, अमेरिका, जापान र अस्ट्रेलियाबीच भएको क्वाड शिखर वार्तामा पनि स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमै जोड दिएको जनाएका छन् ।

गत १२ मार्चमा भारत, अमेरिका, जापान र अस्ट्रेलियाका शीर्ष नेताहरुबीच भर्चुअल सम्वाद भएको थियो । चीनले क्वाडलाई ‘मिनि नेटो’ भन्दै विरोध गर्दै आएको छ । यद्यपि क्वाड सदस्य मुलुकहरुले भने यो साझेदारी कुनै मुलुकको विरुद्ध नभएको दाबी गर्दै आएका छन् ।

त्यसैगरी अमेरिकी रक्षामन्त्री अस्टिनले विश्वको तीव्ररुपमा बद्लिँदो परिस्थितिका अमेरिकाका लागि भारत महत्वपूर्ण साझेदार भएको उल्लेख गरेका छन् । ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका लागि भारत र अमेरिकाबीचको सम्बन्ध निकै महत्वपूर्ण छ’ अस्टिनले पत्रकार सम्मेलनमा भने । साथै उनले अमेरिका भारतसँग बृहत् र दीर्घकालिन रक्षा साझेदारीका लागि अमेरिकाको प्रतिबद्धता समेत दोहोर्‍याएका छन् ।

क्वाड साझेदारी, अमेरिका र भारतको चीनसँगको सम्बन्धका कारण अस्टिनको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । हिन्द–प्रशान्त रणनीतिलाई चीनको विश्वशक्ति बन्ने आकांक्षालाई ‘अंकुश’ लगाउने अमेरिकी रणनीतिका रुपमा अर्थ्याउने गरिएको छ । यद्यपि अमेरिकी उच्च अधिकारीहरुले यो कुनै मुलुक लक्षित नभएर हिन्द–प्रशान्त क्षेत्रमा स्थिरता कायम गर्नु रहेको बताउँदै आएका छन् ।

विशेषगरी चीनले अगाडि सारेको बेल्ट एण्ड रोड (बिआरआई) एसियाली मुलुकहरुको बढ्दो आबद्धता अमेरिकाका लागि पछिल्लो समय टाउको दुखाई बन्दै गएको छ । त्यसका लागि पनि हिन्द–प्रशान्त रणनीति (आईपीएस) मा भारतको सक्रिय सहभागिता अपरिहार्य हुने अमेरिकाको बुझाई छ । त्यही भएर नै विगत केही वर्षयता अमेरिकाले भारतसँगको साझेदारीलाई विशेष जोड दिँदै आएको विश्लेषकहरुको बुझाई छ । अस्टिनको भारत भ्रमणलाई पनि अमेरिकाको त्यही रणनीतिको निरन्तरता ठानिएको छ ।

अस्टिन तीन दिने भ्रमणका लागि शुक्रबार दिल्ली आइपुगेका हुन् । उनले शुक्रबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग समेत भेटेका थिए । जोय बाइडन अमेरिकाको राष्ट्रपति निर्वाचित भएयता भारत भ्रमणमा आउने अस्टिन पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।
श्रोत:ekantipur.com
Share18Tweet11SendScan
Previous Post

डेढ सय मिटर अपलिफ्ट भएर खस्यो ‘गरुडा’

Next Post

‘नेवार समाजको इतिहास र संस्कृति’ बजारमा

Related Posts

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित
विश्व

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

by सुनसरी अनलाइन
माघ १२, २०७८
0

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत...

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

पुस ९, २०७८
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

पुस ७, २०७८
विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

पुस ५, २०७८
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

मंसिर २७, २०७८
Next Post
‘नेवार समाजको इतिहास र संस्कृति’ बजारमा

‘नेवार समाजको इतिहास र संस्कृति’ बजारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In