सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–११ ४५ वर्षीया शान्ति श्रेष्ठको लोहोन्द्रा खोलामा डुबेर मृत्यु भएको छ । बेलबारी नगरपालिका–२ स्थित खोलामा बालुवा निकाल्ने क्रममा लडेर उनी पानीमा परेकी थिइन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उठ्न नसक्दा लडेर पानीमा परेकी महिलाको मृत्यु भएको पाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ । बुधबार दिउँसोतिर घटना भएको जानकारी प्रहरीले दिएको छ ।