काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० लाई दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउनका लागि विद्यालयलगायत भीडभाडयुक्त क्षेत्र बन्द गर्न मन्त्रालयले बिहीबार सिफारिस गरेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले विद्यालय बन्द गर्न र पठनपाठन अनलाइनबाट नै गराउन सिफारिस गरिएको हो । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरे कोरोना संक्रमण बढ्ने भएकाले पुनः विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्नका लागि सिफारिस गरिएको उहाँको भनाइ छ ।
सिसिएमसीलाई भीडभाड हुने क्षेत्रहरू जस्तैः विद्यालयल, सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताइएको छ । यदि मन्त्रालयको सिफारिस कार्यान्वयन भएमा कोरोना संक्रमणकै जोखिमका कारण लामो समय बन्द रहेर विगत केही महिनादेखि सञ्चालनमा रहेका विद्यालयहरु पुनः बन्द हुने भएका छन् ।