इनरुवा। नेपाल पत्रकार महासंघ सुनसरीमा जनकऋषि राई विजयी भएका छन् । सम्पन्न महासंघको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका साझा उम्मेद्वार राईले ५८ मतले प्रेस चौतारी (ओली समुह)का सन्तोष काफ्लेलाई पराजित गर्दै विजयी भएका हुन् ।
राईले १२३ मत पाउँदा बर्तमान कार्य समितिका उपाध्यक्ष रहेका काफ्लेले ६५ मत मात्र पाए छन् ।
निर्वाचित राई महासंघको एक कार्यकाल उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।
राईले आफ्नो कार्यकालमा महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्ने, पत्रकारहरुको व्यवसायिक दक्षता अभिबृद्धिकालागि सीपमुलक तालिमको व्यवस्था गर्ने, जिल्लामा कार्यरत पत्रकार तथा उनीहरुको परिवारका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गर्ने तथा साना लगानीका सञ्चार गृहको प्रवद्र्धन गर्ने लगायतका एजेण्डाहरु अगाडी सारेका छन् ।
सुनसरी महासंघमा अध्यक्षकालागि चार जनाको उम्मेद्वारी थियो । युनियनबाट दुई जना सचिन पोखरेल र सुविद गुरागाईंले बागी उम्मेद्वारी दिएका थिए । उनीहरुले क्रमशः ४५ र १० मत पाए छन् ।
उपाध्यक्षमा युनियन गठबन्धनका गणेश निरौलाले १४२ मत पाउँदा महिला उपाध्यक्षमा उषाकिरण भट्टराईले १०० प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी मनिता चाम्लिङले ५३ मत प्राप्त गरिन् । महिला उपाध्यक्ष पदकालागि ४ जनाको उम्मेद्वारी थियो । अन्य २ जना सन्जु राई र रञ्जना पौडेलले क्रमशः ४५ र ४३ मत पाए छन् ।
सुनसरी महासंघमा सचिब पदमा तीन जनाको उम्मेद्वारी परेकोमा ध्रुब ढकाल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी दिनेश गजमेरलाई ८४ मतले पराजित गरेको छन् ।
ढकालले १४८ मत पाउँदा गजमेरले ६४ मत मात्र पाए छन् । सचिब पदमै बागी उम्मेद्वारी दिएका भरतराज शर्मा ९गोपाल० ले ३१ मत प्राप्त गरे छन् ।
यता सह–सचिबमा तिर्थ काकी र विकल रेग्मीले बराबर मत पाए छन् । उनीहरु दुवैले समान ११५ मत पाएका छन् । सह–सचिब समावेशीमा भोला श्रेष्ठले १४२ मत ल्याउँदै विजयी भए छन् भन्ने कोषाध्यक्षमा अजित झा १३१ मतले विजयी भएका छन् ।
महासंघको सदस्यहरुमा संगम विष्ट, सुस्मिता राई, विबेक रेग्मी, बिगेन्द्र शाह, शान्ता निरौला, शुक्रान्त राई, देबिका चाम्लिङ, पारस चाम्लिङ, मिकाइल आलम, सुविन विश्वकर्मा, राम कटुवाल ९आर बी० दिपेन्द्र यादव , निशल शर्मा विजयी भएका छन् । सदस्य मध्ये मिकाइल आलम अल्पसंख्यक कोटाबाट निर्विरोध विजयी भएका हुन् ।
हिजो भएको मतदानमा सुनसरीमा २६२ मतदाता मध्ये २४८ जनाले मतदान गरेका थिए ।