देवानगञ्ज । राहतमा अनियमितता गरेको भन्दै स्थानीयहरुले देवानगञ्ज गाउँपालिका वडा नम्बर–४ को कार्यालय घेराउ गरेका छन् । गरिबहरूको लागि आएको राहतमा अनियमितता गरेको भन्दै देवानगञ्ज–४को वडा कार्यालयमा सोमबार स्थानीयहरुले घेराउ गरेका हुन् ।
वडा कार्यालयले मनोमानी ढङ्गबाट राहत वितरण गरेको भन्दै स्थानीयहरुले वडा कार्यालय घेराउ गरेको स्थानीयहरुले बताएका छन् । देवानगञ्ज–४ मा प्लान नेपालले अति बिपन्न परिवारहरूको लागि नगद रु दश हजार बराबरको किराना खाद्यान्य सामग्री वडाध्यक्ष चन्देश्वरप्रसाद मेहतालाइ हस्तान्तरण गरेको थियो । अति विपन्न परिवारलाई वितरण नगरीकन वडाध्यक्ष मेहताले आफूखुशी राहत वितरण गरेपछि स्थानीयहरु असन्तुष्टि व्यक्त वडा कार्यालय घेराउ गरेको समाचार श्रोतको दाबी छ ।
अति बिपन्न परिवारले राहत नपाएपछि वडा कार्यालय घेराउ गरेका हौँ,’ जलील मियाँले भने । उनका अनुसार २०८ जनालाई राहत वितरण गरेको सो राहत वडा अध्यक्षले आफ्नो आफन्तलाई वितरण गरेको आरोप छ । मियाँले वडाध्यक्षले राहत वितरणमा आफूखुशी गरेपछि वडा–४ का स्थान्ीयहरु आक्रोसित भएर वडा कार्यालय घेराउ गरेको बताए ।
स्थानीय अनितादेवी मण्डलले भनिन्, ‘म दैनिक ज्याला मजदुरी गरेर खान्छु । राहत लिनको लागि मैले पनि आफ्नो नाम दिएँ तर वडाअध्यक्षले आफू मन्मोजी राहत बाँड्नुभयो । राहत मैले पाइनँ ।’ त्यसैगरी नै स्थानीय सवितादेवी मण्डलको पनि गुनासो त्यस्तै छ ।
स्थानीयहरुले राहत वितरणमा धाँधली गरेको भन्दै वडा कार्यालय अगाडि धर्ना दिएपनि वडा अध्यक्ष गुनासो बुझ्न आएनन् ।
यस विषयमा वडाध्यक्षले भने, ‘अहिले विद्युत कार्यालय इनरुवामा छु । ’ बैशाख ६ गते वडाबासीहरुलाई बोलाएर समस्या बुझने प्रतिवद्धता व्यक्त गरेका छन् ।