इनरुवा । सुनसरी सदरमुकाम इनरुवा स्थित रामजानकी मन्दिरमा संघिय हिन्दु गणतन्त्र विषयक गोष्ठी सम्पन्न भएको छ ।
राष्ट्रिय एकता अभियान सुनसरीको आयोजनामा नेपाल आमाको जय, जय भन्ने मुल नाराका साथ विचार गोष्ठी सम्पन्न भएको हो । पछिल्लो समय हिन्दुहरुको धर्म, संस्कृति तथा परम्परा, रितीरिवाज लोप हुँदै गएकोले राष्ट्रिय एकता अभियान सुनसरीमा सक्रिय बनेको सामाजिक अभियानता दयाराम यादवले जानकारी दिए ।
सामाजिक आभियन्ता यादवका अनुसार इनरुवामा आइतवार हिन्दुहरुको बृहत कार्यक्रमका विच धर्म, संस्कृति तथा परम्परा, रिती रिवाज लोप हुँदै गएको र यस्को संरक्षण गर्न हामी सबै नेपालीहरुको दायित्व रहेको बताए ।
सो कार्यक्रममा राष्ट्रिय एकता अभियानका राष्ट्रिय अध्यक्ष विनय कुमार यादव, उपाध्यक्ष सनिता साह, पारसमणी यादव, राजकुमार यादव, नितेश सिग्देल लगायको उपस्थिति रहेको कार्यक्रमका संयोजक दयाराम यादवले जानकारी दिए ।