इनरुवा । निरौला वन्धु समाज क्षेत्रिय समिति इनरुवा सुनसरीले निरौलावन्धुहरुलाई अभिनन्दन कार्यक्रम गर्ने भएको छ । निरौला वन्धु समाजले आउँदो बैशाख ९ गते बिहिवार देखी ११ गतेसम्म निरौला वन्धु समाजका अगुवाहरुलाई अभिनन्दन गर्ने कार्यक्रमको आयोजना गर्ने भएका हुन् ।
निरौला वन्धु समाजले विगतदेखी नै निरौला वन्धुहरुलाई संगठित गरेर एकताको सन्देश माफर्त विभिन्न गतिविधिहरुलाई अगाडी बढाउँदै आएका छन् । यसअघि निरौला वन्धु समाजले ज्येष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेका थिए । निरौला जातिहरु एकीकृत हुनका लागि इनरुवा लगायतका आसापका निरौला समुदायका व्यक्तिहरुलाई समावेश गरी सामाजिक कार्यहरुप्रति अग्रसर हुँदै आएका छन् ।
निरौला समाजले सामाजिक कार्य, निरौला समुदायको हक अधिकार प्राप्तिका लागि आवाज उठाउँदै आएका छन् । निरौला वन्धु समाजले बैशाख ९ गते बिहिवार र ११ गते शनिवार निरौला समुदायका अगुवाहरुलाई नयाँ वर्षको अवसरमा अभिनन्दन गर्ने कार्यक्रम रहेको निरौला वन्धु समाज क्षेत्रिय समिति इनरुवाका अध्यक्ष सुर्यकुमार निरौलाले बताए । बैशाख ९ गते बिहिवार प्रकाशपुर, भुटाहाखाल र देविकघाट तथा बैशाख ११ गते इनरुवा नगरपालिकामा अभिनन्दन कार्यक्रम गर्ने अध्यक्ष निरौलाले जानकारी दिए ।