Friday, May 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रेस युनियन इनरुवाद्वारा पत्रकारलाई व्याग वितरण

आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्नुस् : अहमद

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १५, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रेस युनियन इनरुवाद्वारा पत्रकारलाई व्याग वितरण
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमिति इनरुवा सुनसरीले इनरुवा लगायत आसपासका क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई ब्याग र मास्क वितरण गरेको छ ।  नेपाल प्रेस युनियन इनरुवा नगरले पत्रकारहरुको हक अधिकार र पेशागत सुरक्षाका लागि आवाज उठाउँदै आएको बेला पत्रकारहरुको आवश्यक पर्ने सामाग्री राख्नको लागि २५ जना पत्रकारहरुलाई व्याग वितरण गरेको हो । व्याग वितरण् कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले पत्रकारहरुप्रति सकारात्मक रहेको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख मेहताले कोरोनाको बेला सबै सचेत र सर्तक रहन अनुरोध गरेका थिए । प्रेस युनियन इनरुवाले गरेको व्याग वितरण कार्यक्रमले पत्रकारहरुबीचको सम्वन्धलाई प्रगाढ गरेको उनले बताए । पत्रकारहरुले हिजोका दिनका धेरै दुःख गरेको र अहिले श्रोत साधन भएकाले पत्रकारीता गर्न सहज भएको नगरप्रमुख मेहताको कथन छ ।

पत्रकारहरुको आर्थिक रुपले बृद्धि नभएको उनले स्पष्ट पारे । पत्रकारहरु इनरुवाबासी, समग्र राष्ट्रको लागी चौतर्फी विकासका लागि अहोरात्र खटेको उनले बताए । पत्रकारीता पेशामा युवाहरु दिनप्रतिदिन आर्कषित भएकोले पत्रकारीता पेशालाई मर्यादित बनाउन आवश्यक रहेको नगरप्रमुख मेहताले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमा विशिष्ट अतिथि इकवाल अहमदले लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन इनरुवा नगरले गरेको व्याग वितरणले सकारात्मक सन्देश प्रवाह भएको बताए । पत्रकारहरुको हकअधिकारका लागि काम गर्ने नेपाल प्रेस युनियन इनरुवा नगरले अगामी दिनमा पत्रकारहरुको लागि ठोस योजना ल्याएर काम गुर्नुपर्नेमा समेत जोड दिएका थिए ।

उनले सो अवसरमा कार्यक्रमलाई सम्वोधन गर्दै वर्तमान अवस्थामा देखिएको कोरानाको महामारीलाई गम्भिरताका साथ लिन आग्रह गर्दै आफनो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न पत्रकारहरुलाई सुझाए । उनले सो अवसरमा नगर क्षेत्रभित्र कार्यरत संचारकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापनका निम्ति सरोकारवाला निकायहरुलाई तत्काल पहल गर्न समेत आग्रह गरे ।

कोरोनाको महामारीमा संचारकर्मीहरुले सचेत भएर काम गर्नुपर्ने उनले बताए । सामाजिक दुरी कायम गरेर पत्रकारहरुलाई व्याग वितरण गरेको र अगामी दिनमा नेपाल प्रेस युनियन इनरुवाले पत्रकारहरुको पक्षमा नमुना कार्य गर्न सक्ने विश्वास व्यक्त गरे ।

पत्रकारहरुको पहिचान र अधिकारको लडाईमा प्रेस युनियन इनरुवा नगरले सबैको साथ र सहयोगमा आवाज उठाई अघि बढ्नुपर्नेमा उनले जोड दिएका थिए । त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरी शाखाका जिल्ला अध्यक्ष जनकऋषि राईले युनियनको कार्य सराहनीय भएको बताए ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखामा समावेशी तरिकाले इनरुवा क्षेत्रका पत्रकारहरुलाई समेटेको उनले बताए । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष राईले इनरुवामा नेपाल पत्रकार महासंघको भवन बनाउन आफूहरु लागिपरेको बताए । पत्रकारहरुको हकहितका लागि आफू सदैव कार्य गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

त्यसैगरी नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका निवर्तमान सदस्य तथा रिपोर्टस क्लबका महासचिव शशी कोइरालाले इनरुवामा यस्तो कार्य तेस्रो पटक भएको बताए । नेपाल प्रेस युनियन इनरुवाले गरेको कार्य प्रशंसायोग्य भएको उनले बताए । पत्रकारहरुको गुणात्मक वृत्तिविकासमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साहले युनियनले गरेको काम राम्रो भएको प्रशंसा गरेका थिए ।

केही वर्षअघि आफू पनि पत्रकारिता गरेको हुँदा पत्रकारको लागि नमुना कार्यले पत्रकारहरु उत्साहित भएको उनले बताए । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य प्रमोद यादवले नेपाल प्रेस युनियन इनरुवा नगरले पहिलो पटक उदाहरणीय काम गरेको बताए ।

युनियन इनरुवाका सभापति टोमराज मेहताले फेसबुकमार्फत १० बुँदे घोषणापत्र सार्वजनिक गरेको केही महिनापछि काम गरेकाले पत्रकारहरुको मनोवल उच्च भएको उनले बताए । त्यसैगरी नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका निवर्तमान सदस्य जयकृष्ण यादवले ब्याग वितरणले पत्रकारितामा आएका युवाहरुमा काम गर्ने जोश, जाँगर र उत्साह बढेको बताए ।

धेरैले प्रतिबद्धता गर्ने तर कार्यान्वयन नगर्ने परिपार्टीलाई युनियन इनरुवाका सभापति मेहताले चिरेको यादवको भनाइ छ । प्रतिबद्धता व्यक्त गरेको १० वटा बुँदामध्ये पहिलो कार्यक्रममा एकवटा बुँदा कार्यान्वय गरेकाले अगामी दिनमा पनि बाँकी रहेको बुँदाहरुलाई सभापति मेहताले कार्वान्वयन गर्ने विश्वास व्यक्त गरे ।

नेपाल प्रेस युनियन इनरुवा नगरका सभापति टोमराज मेहताले आफूले घोषणा गरेको १० बुँदे घोषणापत्रको पहिलो पटक कार्यान्वयन गरेको बताए । अरु बाँकी रहेको नौवटा बुँदालाई कोरोनाको महामारी सकिएपछि तुरुन्तै कार्यान्वयन गर्न ढिलाइ नगर्ने बताए । प्रेस युनियनका इनरुवा सभापति मेहताका अनुसार बुधबार २५ जना पत्रकारहरुलाई एक/एक थान ब्याग र एक/एक पोका मास्क वितरण गरिएको हो ।

इनरुवा नगरपालिकाको सहकार्यमा एक हजार थान मास्क उपलब्ध गराएको सभापति मेहताले बताए । हस्तान्तरण कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, प्रदेश १ का पूर्व सदस्य शशी कोइराला, जयकृष्ण यादव, प्रदेश सदस्य प्रमोद यादव, जिल्ला अध्यक्ष जनकऋषि राई, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह लगायतले पत्रकारलाई ब्याग हस्तान्तरण गरेका थिए ।

Tags: इनरुवाइनरुवा नगरपालिकाकाघोषणापत्रनेपाल पत्रकार महासंघनेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमितिपत्रकारयुनियन इनरुवाका सभापति टोमराज मेहता
Share24Tweet15SendScan
Previous Post

पूर्वी नेपालमा भुकम्पको धक्का महसुस

Next Post

सुनसरीमा भोलीदेखी निषेधाज्ञा

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
सुनसरीमा भोलीदेखी निषेधाज्ञा

सुनसरीमा भोलीदेखी निषेधाज्ञा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In