सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ महेन्द्रचोक क्षेत्र सिल गरिएको छ । तीन दिनको अन्तरालमा २जना संक्रमित कोरोना संक्रमितको मृत्यु भएपछि सुनसरी प्रशासनले महेन्द्रचोक क्षेत्रलाइ सिल गरेको हो । जिल्ला प्रशासन कार्यालयले शनिवार दिउँसो देखी उक्त क्षेत्र सिल गरिएको जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अर्को सुचना जारी नभए सम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको बताए । महेन्द्रचोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता आफैं महेन्द्रचोक क्षेत्रमा पुगेका थिए । मेहताले जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नु परेको बताउँदै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा मदत पुर्याउन आग्रह गरेका छन् । महेन्द्रचोकमा रहेको एक परिवारका संक्रमित ९ जना मध्ये तीन दिनको अवधिमा आमा छोराले ज्यान गुमाएका छन् ।