लौकहि,। सुनसरीको कोशी गाउँपालिका लौकही को मुख्य बजार मिथला पब्लिक स्कुल जाने बाटो बाट इलाका प्रहरी कार्यलय लौकही का प्रहरि प्रमुख ,प्रहरी नायब निरीक्षक हरि कुमार कार्की को नेतृत्व टोलि को मोबाईल गस्ती टोलि ले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ l कार्कीको नेतृत्वमा खटिएको गस्ती टोलीले कोशी गाउपालिका-१ बस्ने बर्ष २५ का सुभाष यादवलाई लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरि कार्यलयले जनाएको छ ।बुधबार राति अनुमानित १० बजेको समयमा इप्रका लौकहीबाट खटिएको टोलिले यादवको साथबाट चेकजाँच गर्दा भारत बाट नेपाल ल्याउदै गरेको प्रतिबन्धित लागुऔषध डाईलक्स डिसि ५२बोतल सहित यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जनप्रतिनिधि,नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजिविहरुको रहोवरमा लागुऔषध सहित यादवलाई सार्वजनिक गरि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको इप्रका लौकहीले जनाएको छ ।
कोरोना महामारीको बेला प्रहरीले कडाई गरेपछि सो परिमाणको लागू औषध सहित उनलाई पक्राउ गरिएको हो । लामो समयदेखी सो क्षेत्रमा लागू औषधको कारोबार गरिरहेको यादवलाई प्रहरीले निगरानी बढाएपछी सो परिमाण सहित उनलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ ।
नेपाल-भारत शिल भएको समयमा पनि यादवले लागू औषध लिएर आफ्नो गन्तव्यतिर गईरहेको अवस्थामा गोप्य सूचनाको अधारमा उनलाई पक्राउ गरि थप अनुसन्धानको लागि प्रक्रिया अगाडी बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा कारोबारी गर्ने गिरोह माथी निगरानी बढाएपछी प्रहरीले बुधबार राती उनलाई पक्राउ गरि सुनसरी प्रहरीमा बुझाएको लौकही प्रहरीका ईन्चार्जले सुनसरी अनलाइनको कुराकानीमा जानकारी दिए ।