Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुदूरपश्चिममा एक सातामा ९८ संक्रमितको ज्यान गयो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २८, २०७८
in समाचार
अमेरिकामा संक्रमितको संख्या तीन करोड नाघ्यो
39
SHARES
Share on FacebookShare on Twitter

डोटी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणका कारण १७ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायल डोटीका अनुसार कैलालीका आठ, कञ्चनपुरका पाँच, बाजुराका तीन, डोटी र बैतडीका एक/एक जनाले ज्यान गुमाएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गएको एक सातामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । वैशाख २० गतेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय २७ रहेको थियो । सोमबार उक्त संख्या दुई सय २५ पुगेको छ । एण्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएका ९६ र पीसीआर विधिबाट संक्रमित पुष्टि भएका एक सय २९ जनाले ज्यान गुमाएका छन् ।

कैलालीमा सवैभन्दा बढी एक सय दुई जना संक्रमितले ज्यान गुमाएका छन् । कञ्चनपुरमा ७०, बझाङमा ११, बैतडी र अछाममा १०/१०, दार्चुला र बाजुरामा ६, डडेल्धुरामा पाँच र डोटीमा चार जनाले हालसम्म कोरोनाको कारण ज्यान गुमाउनु परेको छ । अन्य जिल्लाका एक जना संक्रमितको पनि ज्यान गएको छ । आइतबार कैलालीका नौ, कञ्चनपुरका सात, बाजुरा र दार्चुलाका एक÷एक गरी १८ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा मृत्यु हुने संख्या यो हालसम्मकै सबैभन्दा बढी हो ।

यस्तै, वैशाख २५ गते कैलालीका आठ, कञ्चनपुर र बैतडीका दुई/दुई, दार्चुला र अछामका एक/एक जनाले कोरोना विरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाए । वैशाख २४ गते कैलालीका आठ, कञ्चनपुरका तीन र डोटी र बैतडी जिल्लाका एक/एक जनाले ज्यान गुमाए । २३ गते कञ्चनपुरका आठ, कैलालीका ६, बझाङ, अछाम र दार्चुलाका एक/एक गरी १७ जनाले ज्यान गुमाए ।

यस्तै, २२ गते कैलालीका चार, कञ्चनपुरका दुई, बाजुरा, अछाम, डोटी, डडेल्धुरा र बैतडीका एक/एक गरी ११ जनाको ज्यान गयो । वैशाख २१ गते कैलालीका चार, कञ्चनपुरका दुई र बझाङका एक जनाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु पर्‍यो । बर्दिया घर भई कैलालीमा उपचार गराइरहेका एक जनाले पनि कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाउनु परेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।

सुदूरपश्चिममा सोमवारसम्म कोरोना संक्रमितको संख्या २४ हजार आठ सय ७२ रहेको छ । यस आधारमा कुल संक्रमित संख्याको ०.३९ प्रतिशतले ज्यान गुमाइरहेका छन् ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा सात सय ५२ नयाँ संक्रमित थपिएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या २४ हजार आठ सय ७२ पुगेको छ । वैशाख २० गतेसम्म कुल संक्रमितको संख्या १९ हजार ६ सय ९२ रहेको थियो । एक साताको अवधिमा पाँच हजार एक सय ८० नयाँ संक्रमित थपिएका छन् । हालसम्म १६ हजार एक सय पाँच जनाले कोरोना विरुद्धको लडाइँ जितेका छन् ।

पीसीआर एक लाख ५३ हजार ९० र ऐण्टिजेन ३२ हजार दुई सय ७८ गरी हालसम्म एक लाख ८५ हजार तीन सय ६८ जनामा परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

Share16Tweet10SendScan
Previous Post

भोक्राहाका अध्यक्ष माथि थप अनुसन्धान

Next Post

ट्रकको ठक्करबाट साइकलमा सवार पति–पत्नीको मृत्यु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
ट्रकको ठक्करबाट साइकलमा सवार पति–पत्नीको मृत्यु

ट्रकको ठक्करबाट साइकलमा सवार पति–पत्नीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In