जुगेश दास
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका जहाँ स्थानिय सरकारले गर्न नसकेको काम दुई जना युवाहरूले गरेर देखएका छन। देवानगञ्ज गाउँपालिकाका दुई समाजसेवी युवाहरुले आज सुुरक्षाकर्मीहरुलाई स्वास्थ्य समाग्री बितरण गरेका छन।
देवानगञ्ज गाउँपालिकाका युवाहरु पारस कुमार भगत र मुनमुन भगतले कोरोना भाइरसको दोस्रो लहरको बेला भोक तिर्खा निन्द्रा केही न भनिकन फ्रन्ट लाईनमा रहेर जोखिम उठाउदै अहोरात्र जनताको सेवामा खटिरहेको बेला बोर्डर आउट पोस्ट कप्तानगंज, प्रहरी चौकी कप्तानगंज र ईलाका प्रहरी कार्यालय सितागंजलाई मास्क, ह्यान्ड सेनिटाईजर, फेस शिल्ड र सर्जिकल ग्लभ्स जस्ता स्वास्थ्य समाग्रीहरु वितरण गरेका छन।
यस्तो विषम परिस्थितिको बेला आफ्नो सुरक्षाको लागी गाउँपालिकासँग स्वास्थ्य समाग्रीको व्यवस्था मिलाई दिन आग्रह गर्दा गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहताले दस रुपैयाँको मास्क र पचास रुपैयाँको ह्यान्ड सेनिटाईजर आफैले किनेर लगाउन सकिँदैनू भनेर जवाफ दिएको एक सुरक्षाकर्मीले बताए। जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको लागि मास्क र ह्यान्ड सेनिटाईजर उपलब्ध गराउन नसक्ने अध्यक्षले गाउँपालिकाको जनताका लागि कसरी स्वास्थ्य व्यवस्था मिलाउन सक्छ भन्ने प्रश्न जनताको मनमा उठ्न थालेको छ।
यता देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले कोरोनाको महामारीमा जनतालाई सचेत र सजग रहन आग्रह गर्दै पालिकाबाट सुरक्षाकर्मीहरुलाई मास्क लगायतको समाग्री वितरण गरेको बताए । आवश्यकता अनुसार पुनः सुरक्षाकर्मी लगायतका सबैलाई स्वास्थ्य समाग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । पालिकाले समयमै स्वास्थ्य समाग्री वितरण गरेको र आफू माथि लगाएको आरोप निराधार रहेको उनले सुनसरी अनलाइनको कुराकानीमा बताए ।