Monday, October 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहाका अध्यक्ष महेन्द्र छुुटाउन नाटक सुरु

नातेदार हुँ भन्दै विपक्षमा उभिए एक महिला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ३०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहाका अध्यक्ष महेन्द्र छुुटाउन नाटक सुरु
304
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्षलाई जोगाउन पीडित किशोरीकी आमा नै अदालत पुगेकी छन् ।

होटलमा लगेर १७ वर्षीया छोरीमाथि गाउँपालिका प्रमुख महेन्द्रप्रसाद यादवले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी आमाले नै उच्च अदालत विराटनगरमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । प्रहरीका अनुसार रिट दायर गर्ने महिला किशोरीकी झड्केली आमा हुन् ।

छोरीमाथि केही पनि नगरिकन बलात्कारको आरोप लगाएर प्रहरीले गैरन्यायिक हिरासतमा राखेको भन्दै उनले गाउँपालिका प्रमुखको रिहाईको माग राखेर रिट दायर गरेको अदालतका उप–रजिष्ट्रार मणिराम पोखरेलले जानकारी दिए । अनुसन्धानकर्ता प्रहरी, सरकारी वकिल कार्यालय र जिल्ला अदालत सुनसरीलाई विपक्षी बनाएर रिट दायर गरिएको पोखरेलले बताए ।

उनका अनुसार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले बिहीबार सुनुवाई गर्दै रिट भने खारेज गरिदिएको छ । प्रतिवादी गाउँपालिका प्रमुख यादवलाई न्यायिक हिरासतमा नै राखेको ठहर गर्दै अदालतले अधिवक्ता रमेश प्रसाईंमार्फत मंगलबार दायर भएको रिट खारेज गरिदिएको हो ।

किशोरीका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका उप–न्यायाधीवक्ता पुरुषोत्तम खतिवडा र रिट निवेदकका पक्षबाट अधिवक्ता रमेश प्रसाईंले बहस गरेका थिए । दुवै तर्फका कानुन व्यवसायीको बहसपछि अदालतले रिट खारेज गरिदिएको उप–रजिष्ट्रार पोखरेलले बताए । बहस चलिरहँदा यादवलाई पनि प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

सुनसरीको धरानस्थित डुकु होटलमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा गाउँपालिका प्रमुख यादवलाई प्रहरीले गत वैशाख ८ गते राति पक्राउ गरेको थियो । आपत्तिजनक अवस्थामा पक्राउ गरेर तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुवै जनाको स्वास्थ्य परीक्षण गराइएको थियो ।

छोरीमाथि बलात्कार गरेको भन्दै झड्केली आमाले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले गाउँपालिका अध्यक्ष यादवविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सुनसरी अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धान पूरा गरेर त्यसको प्रतिवेदन (अनुसन्धानको मिसिल) सरकारी कार्यालयमा बुझाइसकेको छ ।

वकिल कार्यालयले अभियोगपत्र तयार पारेर आगामी आइतबार यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता गर्ने तयारी गरेको छ । अदालतमा मुद्दा दर्ताको तयारी हुँदै गर्दा छोरीमाथि बलात्कार भएको भनेर किटानी जाहेरी दिएकी महिला नै बलात्कार आरोपीका पक्षमा उभिएर अदालत पुगेकी हुन् ।

उनले किटानी जाहेरी र रिट निवेदनमा छोरीको उमेर अलगअलग उल्लेख गरेकी छन् । जाहेरीमा १७ वर्षीया भने उमेर खुलाएकी उनले रिट निवेदनमा १९ वर्ष भनेर उल्लेख गरेकी हुन् । १९ वर्षीया छोरी साथीसँग खाजा खानका लागि धरान गएको अवस्थामा अध्यक्षसँग भेट भए पनि करणी नगरेको दाबी निवेदनमा उनले गरेकी छन् ।

जागिर लगाइदिने भन्दै गाउँपालिका प्रमुख यादवले सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएकी किशोरीलाई इटहरीबाट लगेर धरानको होटलमा पु¥याएपछि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बालिकामाथि गाउँपालिका प्रमुखबाट बलात्कार भएको घटनाको अनुसन्धान सकिएको बताए । ‘प्रहरीबाट अनुसन्धानको काम सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकिएको छ,’ उनले भने, ‘पीडितकी आमाले नै दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दाको अनुसन्धान अघि बढाएको हो ।’ एसपी थापाका अनुसार पीडित बालिकाले समेत आफूमाथि बलात्कार भएको भनेर वयान दिएकी छन् ।

बलात्कार घटनाका पीडकलाई बचाउन बन्दीप्रत्यक्षीकरणको रिट दायर हुनुमा आर्थिक चलखेल भएको हुनसक्ने अनुमान कानुनका जानकारहरुको छ । ‘बलात्कार मुद्दामा पीडकलाई बचाउन पीडितका तर्फबाट अहिलेसम्म कुनै अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको घटना सुनेको र जानेको छैन,’ एक कानुन व्यवसायीले भने, ‘पीडकका पक्षमा रिट दायर भएर बहस हुँदै अदालतबाट खारेज भएको अहिलेसम्मकै नौलो अभ्यास हो ।’

गाउँपालिका अध्यक्षका तर्फबाट आर्थिक चलखेल भएपछि रिट दायर भएको प्रहरी स्रोतको दाबी छ । ‘जाहेरी दिने महिला पीडित किशोरीकी आफ्नी आमा हैनन् । कान्छी आमा हुन्,’ प्रहरी स्रोतले भन्यो ,‘अध्यक्षलाई छुटाउन ठूलै आर्थिक चलखेल भएको हुनुपर्छ । नत्र सुरुमा छोरी बलात्कारबाट पीडित भइन् भनेर जाहेरी दिएकी आमा नै गाउँपालिका प्रमुखमाथिको आरोप झुटो हो भनेर अदालत जानूलाई अनौठौ मानिएको छ ।’

‘बलात्कार मुद्दामा पीडितकी आमाबाट नै पीडकलाई सहयोग पुग्ने गरी रिट दर्ता भएको सम्भवत यो पहिलो घटना हुनुपर्छ,’ पीडित किशोरीको तर्फबाट बहस गरेका खतिवडाले भने,‘यस्तो रिट निवेदनमा मैले पहिलो पटक बहस गरेको हुँ ।’ यसअघि पनि यस्तो रिट कतै परेको जानकारी आफूलाई नभएको उनले बताए । अन्नपूर्ण अनलाइनको सहयोगमा ।

Share122Tweet76SendScan
Previous Post

हरिनगरमा पनि ईदको सार्वजनिक बिदा

Next Post

देशभर आज इस्लाम धर्मावलम्बीहरुले ईद-उल-फित्र ईद मनाइँदै

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
देशभर आज इस्लाम धर्मावलम्बीहरुले ईद-उल-फित्र ईद मनाइँदै

देशभर आज इस्लाम धर्मावलम्बीहरुले ईद-उल-फित्र ईद मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज २५, २०८३
Sun, October 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In